Sunday 11th October 2026

बाल कविता: श्रीअन्तुको स्पर्शमा आउँदा


खाली पेट भएपनि लेखूँ जस्तो लाग्यो
रातभरको यात्रा थियो निद सब भाग्यो।
अध्यारोमा आका थियौं पूर्व देखियो रातो
एकैचोटि ठुलो संख्या पर्यटक आको।

चाँदी जस्ता देखिएका सुन झैँ हिमाल
हेरहेर कत्ति राम्रो श्रीअन्तुको कमाल
फरक फरक हावापानी प्रकृतिको सवाल।
जहाँ जान्छौं रम्ने गरौं रौनकसँग बबाल।

तातो रोटी जस्तै गरी क्षितिजबाट उठ्यो
धर्तीलाई न्यानो अनि प्रकाश दिन जुट्यो
एक्लै भएपनि उसको तेज कति ठूलो
रोगव्याध सबैलाई पारिदिन्छ धुलो ।

हामी आयौँ श्रीअन्तुको डाँडामाथि आज
सुर्जेनारान हाम्रो मनमा गरेकाछन् राज
अन्त रात भएपनि यहाँ उनलाई देखेँ
मनका कुरा भाइबैनी तिम्रो सामु लेखेँ ।

केही सिक्न केही बुझ्न श्रीअन्तुमा आयौँ
प्रकृति नै हाम्रो गुरु भन्ने गीत गायौँ
धर्ती फोडी सूर्य आए रातोरातो हुँदै
भाग्नुपर्‍यो अँध्यारोले आँखा छोपी रुँदै ।

नेपालको सबैभन्दा पूर्व आयौँ हामी
मेची नदी पूर्वी सीमा सूर्य झुल्को नामी
जाडो शुरु भएको छ शरीर छोप्नुपर्छ
देशलाई माया गर्ने भाव बोक्नुपर्छ ।

शारदा दहाल (भण्डारी)
श्री लक्ष्मी मा बि
बेलबारी -११
मोरङ।


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षापछि आएको भीषण बाढीले बूढीगण्डकी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल…

युक्रेनको दक्षिणी सहर जापोरिझ्झिया (Zaporizhzhia) मा रूसले शनिबार पाँचवटा ग्लाइड बम प्रहार गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये…

सुडानको ब्लु नाइल (Blue Nile) क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ। मानवअधिकार समूह इमर्जेन्सी लयर्स (Emergency…

प्रतिकृयाहरू
...