Sunday 19th May 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला:- पच्पन्नौँ भाग (५५)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
…………………………………
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी

सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================

अनुप्रास :- नजर, अधर,सहर, बगर, डर, भर, खर, झर आदि मिल्ने ।

स्थायी :- मिल्ने खालको ।

अक्षर संख्या :- पाँचै पद बराबर सङ्ख्या ।

=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

मेरो जीवन मेरो अधिकार, जोगाउँछु अधरलाई मैले
भित्री बाहिरी केलाउने सोच, सोझ्याउँछु नजरलाई मैले
तयार रहनू! परिवर्तनको पीडा दुखद हुन्छ भन्छन् नि
नदिको पानी सिँचाइ गरेर रसाउँछु बगरलाई मैले
बदलेर मस्तिष्कलाई अब सजाउँछु सहरलाई मैले ।

इतिहास बल्छ धपधप म बस्ने सहरको
डर लाग्छ सिद्ध भनाउँदा देशको, नजरको
डाँफे मुनाल नाच्छन्, लाली गुराँस फुल्छन् देशमा
हिमाल पहाड तराई, आहा! छनी अधरको
जताततै हरियाली बुट्यान, छैन बगरको ।

सविता के.सी., काठमाडौँँ ।

पञ्चाङ्ग २

मधुमती छन्द
III III S

विदित नजर भो
हृदय अधर भो
कुसुमित भरमा
भ्रमित सहर भो
घुलित बगर भो ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ३

हेर्ने पो नजर भयो
जिन्दगी बगर भयो
हुँदैन सुख र शान्ति
हृदय अधर भयो
पापिष्ठ सहर भयो ।

पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे

पञ्चाङ्ग ४

धर्तीमा बाँच्ने रहर भयो
गाउँ अब त सहर भयो
समस्या खान र लाउन कै
दिनमै हिड्न कहर भयो
नदी सुके झै बगर भयो ।

होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

पञ्चाङ्ग ५

सबै गलत नजर भयो
स्वार्थीहरुको सहर भयो
अचेल जिउन पनि डर छ
चाहनाको त के भर भयो
जिन्दगी सुख्खा बगर भयो ।

हेमराज महरा क्षेत्री
रोल्पा नगरपालिका ५ रोल्पा

पञ्चाङ्ग ६

राम्रोसँग हेर्छ नजरले पनि
फलफूल दिन्छ बगरले पनि
कर्तव्यबोध लिएर हिँड्दा सधैँ
गन्तव्यमा पुग्छ कहरले पनि
हौसला उठाऊ रहरले पनि ।

जमुना आचार्य सिन्धुपाल्चोक

पञ्चाङ्ग ७

हेर्दा मात्रै सुन्दर रैछ सहर हजुर
बस्नु पर्दा भने कहरै कहर हजुर
वस्त्र मात्रै पो सुकिला मुकिला लगाएको
सफा भने नजान्ने कस्तो बहर हजुर
ढल फुटेर बस्तीमै पो नहर हजुर ।

पशपती राई खोटाङ

पञ्चाङ्ग ८

मृगको झैँ तिम्रो नजर देखेर
माया र प्रेमको सहर देखेर
म आज आफैमा फिदा भएको छु
गुलाफको लाली अधर देखेर
सुन्दर फूलको सफर देखेर ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ९

भ्रष्ट नेताहरू मंसिर चारमा नै नजर छ
नेपाली जनतालाई बुथ क्याप्चरको डर छ
रातदिन चनाखो रही बस्नु मेरा मित्रहरू
राम्रो सान्त तरिकाले चुनाव हुनेमा भर छ
त्यै पनि मनमा पीरले चुलिएको बगर छ ।
शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा

पञ्चाङ्ग १०

झुप्रा झाप्रा गाउँ पनि शहर भएछ
साना साना कुलो पनि नहर भएछ
आधुनिकता भरिएर होला सायद
हरेक कुरा आजभोलि कहर भएछ
राम्रै बोली बोल्दा पनि जहर भएछ ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ११

लगाउँदैनौ मलाई एक नजर पनि
आँसुले नदी बन्योर रोयो बगर पनि
किन निष्ठुरी बन्छौ माया अचेल भरी
तिमी बिनात रित्तो लाग्छ याे सहर पनि
छोडेर गयौ गर्दैनौ केहि खबर पनि ।

तारा घिमिरे सङ्खुवा सभा

पञ्चाङ्ग १२

पानी खसेको ठाउँ झर बन्यो
पत्थर र पानीको भर बन्यो
प्रकृतिको ठूलो उपहारमा
पृथ्वी सब चक्रको धर बन्यो
प्रकृति जीवनको बर बन्यो ।

अच्युत घिमिरे-भुटान


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...