Saturday 19th July 2025

लघुकथा:जन्मदिन


-नारायण कोइराला
आज ठूलै भोज गर्नुपर्छ भन्दै साथीहरु मेरो नजिक आए।मेरो जन्मदिनको शुभकामना आदान प्रदान भयो।साथीहरुले मलाइ पनि पाटी प्लेसमा लगे। ठुलै केक टेबलमा राखिएको थियो।बियर हुस्की र मासुका परिकार साथमा थिए। केक सम्म त ठिकै हो।हुस्की र बियर प्रति आपत्ति जनाउन चाहन्थे।

यत्तिकैमा मेरो पछाडिबाट फूलमाला र अविरले लतपत भएका व्यक्ति सिधै केक तिर आए।केकको खोल खोलियो। सबैले ताली पिटे।म घाँटी तानेर हेरें। जन्मदिनको शुभकामना लेखिएको थियो।अचम्मित र आश्चर्य भए।
तर
दुखी भइन।नेताजीलाई जन्मदिनको शुभकामना भन्दै बाहिर निस्किए।

तानसेन, पाल्पा


सम्बन्धित शीर्षकहरु

रूस र युक्रेनले युद्धमा मारिएकाहरूको थप शव आदानप्रदान गरेको क्रेमलिनले जनाएको छ क्रेमलिनका एक सहयोगीका अनुसार, गत महिना टर्किएमा दोस्रो…

तितोपाटी-श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस गरिएको छ । नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनबीच बिहीबार…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले बुधबार (जुलाई १६) आफ्नो पार्टीका सदस्यहरूलाई पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई जेलमा केही भएमा जवाफदेही…

प्रतिकृयाहरू
...