Monday 10th November 2025

कुवेतमा तीन किराती संस्थाले डिसेम्बर ९ मा संयुक्तरुपमा किरातीहरुको महान चाड उधौली मनाउने


कुवेतमा लामो समयदेखी क्रियाशील तीन किराती संस्थाहरु किरात राई यायोक्खा कुवेत, किरात याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा किरातीहरुको महान चाड साकेला उधौली, चासोक ताङ्नाम र रापवा स्यादर पिदार तथा येले दोङ, येले तङ्बे, येले थोचे ५०८२ आगामी ९ डिसेम्बर २०२२ मा मनाउने भएका छन् ।

“भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने मुल नाराका साथ बिगत केहि वर्ष यतादेखि संयुक्तरुपमा चाडहरु मनाउँदै आइरहेका छन्। तिन किरातीहरु एकताको सुत्रभित्र बाँधिनुपर्छ भन्ने मान्यताका सहित यसपाली पनि तीन किराती संस्थाहरुले संयुक्त रुपमा उधौली, चासोक ताङ्नाम र रापवा स्यादर पिदार तथा येले दोङ, येले तङ्बे, येले थोचे ५०८२ कार्यक्रमको आयोजना गरेको किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राईले जनकारी दिएका छन्।

“संस्कृतिका धनी हामी नेपाली हाम्रो संस्कृति मासिए हाम्रो अस्तित्व नै रहँदैन त्यसैले हामी नेपाली जो जहाँ छौँ त्यहीँबाट हाम्रो संस्कृतिको संरक्षण गर्नुपर्छ। हाम्रो संस्कृतिको संरक्षण भनेको हाम्रो अस्तित्वको संरक्षण हो त्यसैले संस्कार संस्कृतिलाई जगेर्ण गर्दै भावी पुस्ताहरुलाइ पनि ती संस्कार संस्कृति हस्तान्तरण गर्ने जिम्मेवारी यो पुस्ताको हो यस कारण हामिले हाम्रो बिरासतलाइ सधैं गौरवका साथ कायम राख्नुपर्दछ” भन्नेमा अध्यक्ष राईले जोड दिए।
राइले उक्त दिन कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिनुहुन कुवेतमा कार्यरत स्म्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाइ आग्रह गरेका छन्।

कार्यक्रमको विवरण
मिति: ९ डिसेम्बर २०२२
समय: दिउसो ठिक १२ बजे
स्थान: कोहिनुर इन्टरनेस्नल होटेल फाहाहिल


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानको तालिबान सरकारले टर्कीमा भएको वार्ता असफल हुनुको दोष पाकिस्तानलाई दिएको छ र इस्तानबुल वार्तामा पाकिस्तानी प्रतिनिधिमण्डलले पाकिस्तानको सुरक्षाको सम्पूर्ण…

चिनियाँ नेता सी जिनपिङको निरीक्षणमा भव्य आयोग समारोह पछि चीनको सबैभन्दा उन्नत विमान वाहक, फुजियान, सेवामा प्रवेश गरेको छ, राज्य…

इस्तानबुल: टर्किएले युद्धको अन्त्य गर्न वार्ता अन्तर्गत उत्तरी इराकमा लुकेका हजारौं कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लडाकुहरू र नागरिकहरूलाई घर फर्कन…

प्रतिकृयाहरू
...