Sunday 11th October 2026

लघुकथाः विश्वासमा ठेस -कमला देवकोटा


खै कतिखेर मुन्टिनेहुन्, आफ्नो भुँडी भरियो होला क्यारे भुन्टाभुन्टी र मेरो के मतलब?
धन्नै छ यो समाज ,पुरुषहरुको ज्यादती।
मामाको घोडी मेरो हीं हीं।
जित्ने अर्कै मोज गर्ने अर्कै, रात दिन झण्डा बोकेकोछ हिंडेको छ।
भुनी भुन्भुनाईरही। चट्टान माम भन्दाभन्दै निदायो। छोरी रत्ना आमाको दु:खमा सोचमग्नछे।बिचरी सात बर्ष कि छाउरी।
चुल्हो बलेको छैन। आधा रात बित्यो।भुन्टे लड्दै पड्दै पेटीमा डग्ङरङ पल्ट्यो।
भुनी सधैं झैँ हात छाम्न गई।केही थिएन।
मोर मुर्धार अब त ज्यान गए कहिल्यै ढोका खोल्ने छैन, भन्दै छोरीलाई च्यापेर गुन्द्रीमा पल्टी। शून्य आकासमा हेर्दै भट्याई, अब त भगवानको नाम कहिल्यै लिने छैन।

कमला देवकोटा
तानसेन पाल्पा


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षापछि आएको भीषण बाढीले बूढीगण्डकी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल…

युक्रेनको दक्षिणी सहर जापोरिझ्झिया (Zaporizhzhia) मा रूसले शनिबार पाँचवटा ग्लाइड बम प्रहार गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये…

सुडानको ब्लु नाइल (Blue Nile) क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ। मानवअधिकार समूह इमर्जेन्सी लयर्स (Emergency…

प्रतिकृयाहरू
...