Thursday 18th September 2025

नासाको मुख्यालयबाट शाहरूखको फिल्मको क्लाइमेक्स


तितोपाटी – फिल्म ‘जीरो’को शुटिङका लागि बलिउड अभिनेता शाहरुख खान अमेरिकास्थित नासा मुख्यालय पुगेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार अन्तरिक्षमा कलाइमेक्स शुटिङका लागि शाहरुख अभिनेत्री अनुष्का शर्मा र पुरै टिमसहित ४५ दिनका लागि नासा पुगेका हुन्। फिल्ममा नासाको रकेट र स्पेश शटल जस्ता उपकरण पनि देखाइनेछ।

अर्काे समाचारअनुसार शाहरुखले १४ वर्षपछि कुनै फिल्मको शुटिङ नासामा गरिरहेका छन्। यो भन्दा पहिले उनले २००४ मा प्रदर्शन भएको फिल्म ‘स्वदेश’को शुटिङ नासामा गरेका थिए।

आनन्द एल रायले निर्देशन गरिरहेको फिल्म ‘जीरो’को टीजर रिलिज भइसकेको छ। आगामी २१ डिसेम्बरमा प्रदर्शनमा आउने सम्भावना रहेको फिल्मको टीजरमा शाहरुख पुड्का भुमिकामा देखिएका छन्।

फिल्ममा शाहरुख र अनुष्काका अलावा कट्रिना कैफ, आर माधवन मुख्य भुमिकामा देखिने छन्।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न…

तितिपाटी- २०८२ साल दशैं टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास…

प्रतिकृयाहरू
...