Thursday 7th August 2025

सप्तरीमा पोखरीमा डुबेर २ जनाको मृत्यु


तितोपाटी – पोखरीमा डुबेर आज सप्तरीमा दुई जनाको मृत्य भएको छ ।

मृृत्युहुनेमा सप्तरी बलान बिहुल गाउँपालिका–२ पत्थराटोलका श्रीराम साहको चार वर्षीय छोरा रञ्जीतकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिएका छन् ।

आफ्नो हजुरआमासँग पोखरीमा नुहाउने क्रममा रञ्जीतको डुबेर मृत्यु भएको उनले बताए ।

यसैगरी मादक पदार्थ सेवन गरी बेपत्ता रहेका सप्तरी रुपनी गाउँपालिका–२ का ४० वर्षीय रामउद्गार सदाको शव आज पोखरीमा डुबेको अवस्थामा फेला परेको पनि प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

उत्तरी भारतको उत्तराखण्ड राज्यको पहाडी गाउँमा मंगलबार बाढीको पानीको बाढीले कम्तिमा चार जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता…

लन्डन: बेलायतले मंगलबार सम्झौता अनुमोदन भएपछि केही दिनभित्रै साना डुङ्गाहरूमा फ्रान्स आइपुगेका केही आप्रवासीहरूलाई फिर्ता पठाउने सम्झौता कार्यान्वयन गर्न सुरु…

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं राष्ट्रिय एकता महाधिवेशन हिजो मिती ४ अगस्त २०२५ का दिन कुवेतको खैतान…

प्रतिकृयाहरू
...