Friday 2nd October 2026

नागरिक उन्मुक्ति पार्टीका रेशम चाैधरी र लक्ष्मण थारूको उम्मेदवारी खारेज


नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी र लक्ष्मण थारुकाे उम्मेदवारी खारेज भएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि बर्दिया-२ बाट उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार खारेज गरिदिएकाे हो ।२०७४ को संसदीय निर्वाचनमा कैलाली-१ बाट निर्वाचित चाैधरी हिंसात्मक घटनामा दाेषी ठहर भएपछि सांसद पद खारेज भएको थियो ।

त्यसै गरि सोही पार्टीको कैलाली क्षेत्र नम्बर-५ मा प्रतिनिधि सभाको उम्मेदवार रहेका लक्ष्मण थारुको उम्मेदवारी पनि रद्द भएकाे छ ।थारू कर्तव्य ज्यान मुद्दामा दोषी ठहर्‍याई सजाय पाई फरार रहेको भन्दै धनगढी उपमहानगरपालिका-१५ का रामबहादुर सिंहले थारु विरुद्ध उजुरी दिएपछि सोही आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले थारुकाे उम्मेदवारी रद्द गरिदिएकाे हाे ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

अमेरिकाको कर्नेल विश्वविद्यालयमा एक महिलामाथि भएको भनिएको सामूहिक बलात्कार घटनाको अनुसन्धानका लागि न्युयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सलाई विशेष अभियोजक नियुक्त…

साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले मदिनाको एक विद्युत् केन्द्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। साउदी अरब नेतृत्वको…

प्रतिकृयाहरू
...