Thursday 18th September 2025

गर्लफ्रेण्डका धनि सञ्जय दत्त


तितोपाटी – बलिउडका चर्चित अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित बहुप्रतिक्षित फिल्म ‘सञ्जु’को ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा सञ्जय दत्तको भुमिका रणवीर कपुरले निभाएका छन्।

यो फिल्म सञ्जयको जन्मदेखि फिल्मी उद्योग, ड्रग एडिक्ट, अण्डरवर्ल्डसँग सम्बन्ध र जेल यात्रासम्मको कथामा केन्द्रीत छ। फिल्मले सञ्जयका कैयौ गोप्य कुराहरु बाहिर ल्याएको छ। जसमा उनी गर्लफ्रेण्डको धनी देखिएको छ। फिल्मको ट्रेलर अनुसार उनका ३ सय भन्दा बढी गर्लफ्रेण्ड थिए।

ट्रेलरको सुरुमै भनिएको छ– ‘आफ्नो जीवन कहिले अप, कहिले डाउन। ड्रग्स पनि लिए। महंगो होटलमा पनि बसे र जेलमा पनि। घँडी पनि लगाए, हतकडी पनि। ३०८ गर्लफ्रेण्ड थिए र एउटा एके–५६ राइफल।’

अभिनेत्री नरसिगका छोरा सञ्जयको जन्म १९५९ जुलाई २९ मा भएको थियो।

फिल्ममा सञ्जयकी आमा नरसिगको भुमिका मनिषा कोइराला, पत्नी मान्यता दत्तको रोलमा दिया मिर्जा, नजिकको साथी कुमार गौरवको भुमिका विक्की कौशल, परेश रावलले पिता सुनील दत्त, सोनम कपुरले पहिलो गर्लफ्रेण्ड टीना मुनीम, अनुष्का शर्माले वकिल र जिम सरभले सलमान खानको भुमिका निर्वाह गरेका छन्। सलमान सञ्जयका निकट दोस्त हुन्।

ट्रेलर सार्वजनिक भएपछि बलिउडमा विभिन्न प्रतिक्रिया आएका छन्। धेरैले उनलाई ‘असली मर्द’ भन्दै प्रशंसा गरेका छन्। उनको म आतंकवादी होइन भन्ने डाइलग धेरैले मन पराएका छन्।

राजकुमार हिरानीले निर्देशन गरेको फिल्म २९ जुनमा प्रदर्शन हुनेछ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न…

तितिपाटी- २०८२ साल दशैं टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास…

तितोपाटी- जेनजीहरू आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा मंगलबार गृह तथा कानुनमन्त्री ओमप्रकाश…

प्रतिकृयाहरू
...