Tuesday 16th December 2025

अविरल वर्षापछिको बाढीको कारण कञ्चनपुरका दर्जनाै बस्ती डुबानमा, ४ सय परिवार विस्थापित


अविरल वर्षापछि कञ्चनपुरमा बनहरा र दोदा नदीमा आएको बाढीले दर्जनौं बस्तीहरु डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्रबार रातिदेखि विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा ४ सय बढी परिवार विस्थापित भएका छन् ।

दोदा नदीको बाढी बस्तीमा पस्दा लालझाडी गाउँपालिका पूरै डुबानमा परेको अध्यक्ष निर्मल रानाले बताए । उनका अनुसार शिखलपट्टी जाईबाट बाढी बस्तीमा पसेर पूरै गाउँपालिका डुबानमा परेको छ । वल्मी, कन्ज, कसुवा, डुंगा र छोटी पर्सिया लगायतका बस्तीहरुमा डेढ सय घर परिवार डुबानका कारण विस्थापित भएको प्रहरीले जनाएको छ ।
यसैगरी कृष्णपुर नगरपालिका–५ को पवित्रा बस्ती शिविरमा मोहना नदी पस्दा ७० परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । कृष्णपुर ४ मा मछेली नदीको बाढी बस्तीमा पस्दा ८० परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई नजिकको विद्यालयमा राखिएको छ ।

बनहरा नदीको बाढी बस्तीमा पसेर बीचमा फसेका शुक्लाफाँटा नगरपालिका १२ दुबाहाका ४ परिवारका १६ जनालाई शनिबार बिहान उद्धार गरिएको छ । राति दुई/अढाइ वजेदेखि नै बाढी बस्तीमा पसेको हो । बनहराको बाढीले शुक्लाफाँटा नगरपालिका ११ को बनहरा शिविरका २५ टहरा बगाएको प्रहरीले जनाएको छ ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले…

प्रतिकृयाहरू
...