Monday 20th July 2026

मणिपुरले मनायो पचहत्तराैं स्वतंत्रता दिवस


डा. हरिमोहन पोखरेल,कोहिमा /भारतवर्ष भरी नै हिजो आजादीको पचहत्तराैं स्वतंत्रता दिवस मनाए सरह सीमान्त राज्य मणिपुरले पनि धेरै हर्षोल्लासका साथमा स्वतन्त्रता दिवस मनाइएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्य कार्यक्रम इम्फाल स्थित फास्ट एम आरको पेरेड ग्राउंडमा आयोजित समारोहमा राज्यका मुख्यमन्त्री एन बिरेनले तिरंगा झण्डा फहराकर सलामी लिए ।

यस पावन अवसरमा बोल्दै मुख्यमन्त्री बिरेनले भने कि आजादीका अमृत महोत्सव कार्यक्रम अंतर्गत हामीहरूले आज व्यापक रूपमा स्वतंत्रता दिवस मनाउन पायौ ।हाम्रो लागि आजको दिन गौरवमय दिन हो । उनले अगाडि थपे कि हामीले आजकै दिन ब्रिटिसको गुलामीबाट मुक्त भएका थियौ ।अब हामीले राज्यको उन्नति र विकासको लागि पाइला उठाउने बेला आएको छ ।

उनले अगाडि भने कि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा आज राष्ट्रिय स्तरमा जुन महत कार्य भइरहेको छ ।त्यसमा हाम्रो पनि योगदान उतिनै छ । मुख्यमन्त्रीले अगाडि थपे कि राज्यको उन्नतिको लागि विभिन्न क्षेत्रबाट पाएको सहयोग हामीले भुलेको छैन ।हामी हाम्रो राज्यको भिजन डकुमेनट तैयार पार्ने प्रयासरत छौ ।जसले मणिपुरको हिल र भेलीको उन्नति होस ।

यसै अवसरमा उनले राष्ट्रिय स्तरमा पदक विजेताहरूलाई पनि सम्मान गरे भने राज्य स्तरका विभिन्न क्षेत्रमा मेडल र पदक विजेताविजेताहरूलाई पनि सम्मान गरे ।
मुख्यमन्त्रीले आजकै दिन स्वाधीनता सङ्ग्राममा आफ्नो जीवन उत्सर्ग गर्ने स्वतंत्रता सेनानीहरूलाई पनि श्रद्धाञ्जली अर्पण गरेका थिए ।

स्मरण रहोस मणिपुरमा प्रत्येक वर्ष व्यापक रुपमा स्वतंत्रता दिवस मनाउने गरिन्छ ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय फुटबलको महाकुम्भ 'फिफा विश्वकप २०२६' को उपाधि स्पेनले आफ्नो पोल्टामा पारेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा सम्पन्न…

इरानी सांसद अब्बास पापिजादेहले अमेरिकाले इरानमाथि थप ठूलो सैन्य अभियान सञ्चालन गर्ने योजना बनाइरहेको हुन सक्ने चेतावनी दिएका छन्। उनका…

इजरायलका केही दक्षिणपन्थी तथा अतिराष्ट्रवादी मन्त्रीहरू हजारौं समर्थकसँग मिलेर गाजाको सीमातर्फ आयोजित मार्चमा सहभागी भएका छन्। प्रदर्शनकारीहरूले सन् २००५ मा…

प्रतिकृयाहरू
...