Wednesday 19th August 2026

नागालैंडमा स्वास्थ्य विभागको नयाँ बुष्टर भ्याकशिनेसन लगाउन आग्रह


डा. हरिमोहन पोखरेल, कोहिमा/नागालैंडमा राज्यको स्वास्थ्य सेवा विभागले राज्यका सबै नागरिकलाइ चाँडो भन्दा चाँडो कोभिडको प्रोटोकल फोलो गर्दै नया बूस्टर डोस लगाउन आग्रह गरेको छ ।

राज्यको स्वास्थ्य सेवा विभागका द्वारा जारी एउटा विज्ञप्तिले जनाएको छ कि राज्यका सबै मानिसहरूले सरकारी अस्पताल/डिस्पेंसरी आदिमा गएर बूस्टर खोप लगाउनुपर्ने छ ।

विज्ञप्तिले अझै अगाडि जनायो कि राज्यमा धेरैजसो मानिसहरूले कोविदको दोस्रो खोपसम्म पनि नलगाएकोले गर्दा कोभिडको प्रकोप बढेर जाने डर भएको कुरा पनि गरेको छ । विज्ञप्तिका अनुसार कोभिडको प्रोटोकल फोलो भने सबैले गर्नुपर्ने छ । जसमा माॅकस निरंतर रूपमा लगाउनु पर्ने र सेनिटाइजर या हात धुने प्रकिया पनि जारी राख्नुपर्ने छ र सामाजिक दूरी भने बनाएर राख्नु पर्ने छ । यदि कुनै पनि मानिसले कोभिडको प्रोटोकल फोलो नगरे तथा खोप नलगाएको पाइएमा कडा कारबाही गरिने छ ।

स्मरण रहोस् नागालैंडमा कोभिडको प्रतिदिन बढोतरी भएको खबरले फेरि एकपटक लोकडाउन हुन्छ कि भन्ने डर छ ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

कालिकोटको ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत् आयोजनाको वित्तीय क्लोजर सम्पन्न भएको छ। आयोजनामा करिब ७० अर्ब रुपैयाँ लगानी हुनेछ, जसको…

देशका विभिन्न स्थानमा वर्षासँगै आएको बाढी र पहिरोका कारण सडक यातायात प्रभावित भएको छ। काभ्रे, सिन्धुपाल्चोक, रसुवा, पश्चिम रुकुम, संखुवासभा,…

कुवेत सिटी: कुवेतका दुई प्रतिष्ठित संस्थाहरू मुजैनी एक्सचेन्ज (Al Muzaini Exchange) र कुवेत एयरवेजबीच संयुक्त सहकार्य प्रोटोकल (Memorandum of Understanding)…

प्रतिकृयाहरू
...