Monday 5th October 2026

नेपालमा सहरी क्षेत्रका किशोरकिशोरी डेटिङ हिंसाको जोखिममा


तितोपाटी – शहरी क्षेत्रका युवा एवं किशोरकिशोरीहरु ‘डेटिङ हिंसा’ को जोखिममा रहने गरेको एक अध्ययनले देखाएको छ ।

युवा तथा किशोरकिशोरीहरुको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था युवालयले गरेको सर्वेक्षणले प्रेम सम्बन्धमा किशोरकिशोरीहरुमध्ये कतिपयले डेटिङका क्रममा आफ्नै प्रेमीप्रेमिकाबाट हिंसा भोगिरहेको देखाएको हो ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार करिब २० प्रतिशतले किशोरकिशोरीले विभिन्न प्रकारको शारीरिक हिंसा भोगेका छन् ।

संस्थाले १ सय ५५ जना किशोरकिशोरीमाथि गरेको सर्वेक्षणका क्रममा ७२ जनाले आफू परिवार तथा साथीसङ्गीसँग रहेका बेला प्रेमीप्रेमिकाले किचकिच गर्ने, दिक्क लगाउने लगायतका मनोवैज्ञानिक हिंसामा पार्ने गरेको उल्लेख गरेका छन् ।

उनीहरुले प्रेमी वा प्रेमिकाले गाली गर्ने, सामानहरू फालिदिने, धकेलिदिने लगायतका कार्य गर्ने गरेको उल्लेख गरेका छन् ।

सर्वेक्षणमा सहभागीमध्ये करिब १५ प्रतिशतले आफूलाई प्रेमीप्रेमिकाले चुम्बन लगायतका यौनजन्य क्रियाकलाप गर्न दबाब दिएको बताएका थिए ।

नेपालको समाज तथा संस्कृति पितृसत्तात्मक रहेको भनिए पनि डेटिङ हिंसाको अभ्यास गर्ने र त्यसको पीडा भोग्नेमा महिला तथा पुरुष दुबै बराबर जिम्मेवार रहेको पाइएको युवालयका कार्यक्रम संयोजक सबिन बुढाथोकीले बताए ।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...