Monday 14th September 2026

मणिपुरमा गयो ठूलो पहिरो, धेरै धनजनको क्षति


डा. हरिमोहन पोखरेल, कोहिमा/मणिपुर राज्यको नुने जिल्ला अंतर्गत तुपुलमा आज गएको ठूलो पहिरोमा व्यापक रूपमा छति भएको र जानमालको समेत नोक्सानी भएको समाचार प्राप्त भएको छ ।

अहिले सम्म प्राप्त समाचार अनुसार नुनेमा रहेको सैन्य ब्यारेकमा गएको पहिरोले लगभग पचपन्न सैनिकहरू माटोमा दबिएको र छहवटा मात्र शव फेला परेको समाचारले पुष्टि गरेको छ ।
उक्त घटना भएको केही क्षण मै राज्यका मुख्यमन्त्री एन बिरेनले घटनास्थलको भ्रमण गर्नुको साथै युद्ध स्तरमा राहत र सुरक्षाको लागि एनडीआरएफ र एसडीआरएफका पर्सनलहरू घटना स्थलमा पठाएको र अहिले सम्म युद्धस्तरमा खोजी तलालीको काम जारी रहेको कुरा सूत्रबाट स्पष्ट भएको छ ।

समाचारले अगाडि जनाएको छ कि यस तत्कालीन राहतका लागि मुख्यमन्त्री एन बिरेनले आपत्कालीन बैठक डाकेर घटनाको समीक्षा गरेको र राहतको लागि जारी रहेको कुरा पनि थाहा पाइएको छ ।

अहिलेसम्म नुनेमा के कति हानी नोक्सानी भयो त्यसको अंदाजा लगाउन नसके पनि यसपटकको प्राकृतिक प्रकोपले दिएको पाठ भने कम होइन ।यो रिपोर्ट लेखुंजेल सम्म अन्य केही नौलो जानकारी र घोषणा भएको खबर छैन ।
—-
कोहिमा नागालैंड भारत


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...