Thursday 7th August 2025

गुल्मीको तम्घासमा प्रहरीद्वारा ठुलो परिमाणमा मदिरा तथा मदिरा बनाउने कच्चा पदार्थ नष्ट


तितोपाटी – जिल्ला प्रहरी कार्यालय गुल्मीले एकैदिन १ सय १५ लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

घरेलु मदिरा नियन्त्रण अभियान चलाउँदै आएको गुल्मी प्रहरीले सदरमुकाम तम्घासमा मदिराको कच्चा पदार्थ २ हजार ६० लिटर र तयारी मदिरा १ सय १५ लिटर बरामद गरेको थियो ।

सदरमुकाम तम्घासस्थित रेसुंगा नगरपालिकाका विभिन्न स्थानबाट ठूलो परिमाणमा घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख दिपककुमार बस्नेतले जानकारी दिए ।

प्रहरीले तम्घास बुढाथोकी बसपार्क, उदिनढुंगा र मदाने गाउँपालिका ६ को पुर्कोटदहका बिभिन्न स्थानबाट घरेलु मदिरा र उक्त मदिरा बनाउन प्रयोग हुने सामग्री बरामद गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

उत्तरी भारतको उत्तराखण्ड राज्यको पहाडी गाउँमा मंगलबार बाढीको पानीको बाढीले कम्तिमा चार जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता…

लन्डन: बेलायतले मंगलबार सम्झौता अनुमोदन भएपछि केही दिनभित्रै साना डुङ्गाहरूमा फ्रान्स आइपुगेका केही आप्रवासीहरूलाई फिर्ता पठाउने सम्झौता कार्यान्वयन गर्न सुरु…

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं राष्ट्रिय एकता महाधिवेशन हिजो मिती ४ अगस्त २०२५ का दिन कुवेतको खैतान…

प्रतिकृयाहरू
...