Monday 5th October 2026

गुल्मीको तम्घासमा प्रहरीद्वारा ठुलो परिमाणमा मदिरा तथा मदिरा बनाउने कच्चा पदार्थ नष्ट


तितोपाटी – जिल्ला प्रहरी कार्यालय गुल्मीले एकैदिन १ सय १५ लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

घरेलु मदिरा नियन्त्रण अभियान चलाउँदै आएको गुल्मी प्रहरीले सदरमुकाम तम्घासमा मदिराको कच्चा पदार्थ २ हजार ६० लिटर र तयारी मदिरा १ सय १५ लिटर बरामद गरेको थियो ।

सदरमुकाम तम्घासस्थित रेसुंगा नगरपालिकाका विभिन्न स्थानबाट ठूलो परिमाणमा घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख दिपककुमार बस्नेतले जानकारी दिए ।

प्रहरीले तम्घास बुढाथोकी बसपार्क, उदिनढुंगा र मदाने गाउँपालिका ६ को पुर्कोटदहका बिभिन्न स्थानबाट घरेलु मदिरा र उक्त मदिरा बनाउन प्रयोग हुने सामग्री बरामद गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...