Monday 12th October 2026

श्रस्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न


लायन्स क्लव पाल्पाको आयोजना र विश्व नेपाली साहित्य प्रतिष्ठानको संयोजनमा “स्रष्टा सम्मान तथा रचना वाचन” कार्यक्रम पाल्पामा सम्पन्न भयो ।

२०२१/०२२ क्लबका अध्यक्ष मोहनप्रसाद श्रेष्ठको अध्यक्षता, तानसेन नगर पालिका प्रमुख ला .सन्तोष लाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो। यसैगरी विशिष्ट अतिथिमा पाल्पा लायन्स क्लबका संस्थापक सचिव तथा पुर्ब अध्यक्ष बुध्दि प्रसाद शर्मा, नेपाली कांग्रेस पुर्ब केन्द्रीय सदस्य राजन प्रसाद पन्त हुनुहुन्थ्यो। अन्य उपस्तिथीमा लायन्स क्लबका पुर्ब अध्यक्षहरु, बिश्व नेपाली साहित्य प्रतिष्ठानकी प्रदेश अध्यक्ष भावना खनाल, संस्थाका प्रदेश सल्लाहकार ज्युहरु,पाल्पामा रहेका साहित्यिक सस्थाका अध्यक्ष ज्युहरु,र अन्य स्रष्ट्राहरुको उपस्थित रहेको थियो।

कार्यक्रममा तिनजना साहित्यिकारहरुलाई सम्मान समेत गरियो। जस मध्ये दुई जना मरणोपरान्त (स्रस्टा कुलमणी देवकोटा र चन्द्र प्रकाश अधिकारी) र साहित्यकार पुष्कर अथक रेग्मीलाई सम्मान गरीएको थियो।

रचना वाचनमा विशिष्ट अतिथि राजन प्रसाद पन्त, डा शंकर गैरे, टन्क पन्थ ,मन गहिरे ,लक्षिमा ज्ञवाली, भावना खनाल, राजेन्द्र गोपाल सिह, अमर भाट ,कमल खत्री ,गुणवती के सी, महेन्द्र पन्थी, राम प्रसाद अर्याल, इन्दिरा ज्ञवाली,सरीता रेग्मी ,कृष्ण थापा, सबिता भट्टराई,रमा पन्त,आयाम कार्की लगायत २३ जना स्रष्टाले आफ्नो रचना वाचन गर्नु भएको थियो। उक्त कार्यक्रम कार्यक्रमको सञ्चालन रमा पन्त र सचिव आयाम कार्कीले गरेका थिए।


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...