Wednesday 6th August 2025

नवलपरासीमा बलेरो र मोटरबाइक ठोक्किंदा २ को मृत्यु


तितोपाटी – पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ मा शनिबार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा प्यूठानको लिवाङ–८ घर भई हाल पूर्वी नवलपरासी कावासोती नगरपालिका–१६ बस्ने ३३ वर्षीय जगतबहादुर परियार र उनका भान्जा १० वर्षीय विजय परियारको मृत्यु भएको दुम्कीबास प्रहरीले जनाएको छ। ठक्कर दिने सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।

विनयी त्रिवेणी–१ होङसी शिवम सिमेन्ट कारखाना जाने चोकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१त ९७५९ नं को बलेरोले विपरीत दिशातर्फ जाँदै गरेको लु२०प ५१७ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइलमा सवार दुई जनाको मृत्यु भएको हो। रासस


सम्बन्धित शीर्षकहरु

लन्डन: बेलायतले मंगलबार सम्झौता अनुमोदन भएपछि केही दिनभित्रै साना डुङ्गाहरूमा फ्रान्स आइपुगेका केही आप्रवासीहरूलाई फिर्ता पठाउने सम्झौता कार्यान्वयन गर्न सुरु…

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं राष्ट्रिय एकता महाधिवेशन हिजो मिती ४ अगस्त २०२५ का दिन कुवेतको खैतान…

टिम दर्ता र टाईसिट १५ अगष्तमा बिकास रोका मगर - नेपाल मगर संघ शाखा कुवेतले शहिद लखन थापा मगर रनिङ…

प्रतिकृयाहरू
...