Thursday 18th September 2025

सुटिङ सेटमा बेहोस भए कार्यक्रम प्रस्तोता ! यता भारतीले श्रीमानसँग गरिन् दोस्रोपटक विवाह


भारतीय हास्यकलाकार भारती सिंह श्रीमान् हर्ष लिम्बाचियासँग च्याट शो ‘जज्बात’ मा चाँडै नै देखिनेछिन् । हालै सुटिङ सेटका केही फोटो सार्वजनिक भएका छन् जसमा कार्यक्रम प्रस्तोता राजिव खंडेलवाल बेहोस भएको देखिएका छन् । राजिव बेहोस हुने बित्तिकै उनको वरिपरि कार्यक्रमका क्रु मेम्बर्सको भीड लागेकोसमेत तस्बिरले बतायो भने कार्यक्रममा पाहुनाको रुपमा आएकी भारती निकै तनावमा परेको पनि देखियो ।

तर वास्तविकता त्योभन्दा भिन्न रहेछ । राजिवले भारतीलाई झुक्याउन प्र्यांकको योजना बनाएका थिए र उनी यसमा सफल पनि भए ।

राजिव बेहोस भएको घटनालाई भारतीले वास्तविक सम्झिइन् र उनी यो देखेर निकै तनावमा परिन् । धेरै बेरसम्म प्र्यांकलाई वास्तविक घटना बुझिरहेकी भारती भावुक पनि भइन् । यो देखेपछि कार्यक्रम प्रस्तोताले उनलाई अंगालो हाले ।

सेटमा भारतीले गरिन् दोस्रोपटक विवाहः

सेटमा भारतीले श्रीमान हर्षसँग दोस्रोपटक विवाह गरे । दुबैले एक–अर्कालाई माला लगाए । राजिवले भने ताली बजाइरहे ।

-रातोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न…

तितिपाटी- २०८२ साल दशैं टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास…

तितोपाटी- जेनजीहरू आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा मंगलबार गृह तथा कानुनमन्त्री ओमप्रकाश…

प्रतिकृयाहरू
...