Thursday 18th September 2025

सुडानमा १५ हजार भन्दा बढी भेडा बोकेको पानी जहाज डुब्यो


सुडानमा १५ हजार भन्दा बढी भेडा बोकेको पानी जहाज डुबेको कुरा त्यहाँको सरकारी समाचार संस्था सुनाले जनाएको छ । गत शनिबार ११ जुनमा भएको उक्त पानी जहाज दुर्घटना सुडानको सुआकिनको ओस्मान डिग्ना बन्दरगाह छाेडेको केही बेरमा भएको थियो

साउदी अरबको जेद्दामा पठाउन लागिएको १५,८०० भन्दा बढी भेडा बोकेको उक्त जहाज सुडानको बन्दरगाहबाट निस्कने बित्तिकै डुबेको थियो भने केही भेडालाइ जिवितै उद्दार गरिएको थियो । उक्त जहाज लाल सागरमा पस्ने बित्तिकै डुबेको थियो भने अधिकारीहरूले पानी जहाज डुब्नुको कारण बारे अनुसन्धान गरिने जनाएका छन् ।

सो पानी जहाज डुबेपछि उक्त घटनाका कारण बन्दरगाह केही समयका लागि बन्द भएको थियो, जसले आयात र निर्यातको प्रवाहलाई असर गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न…

तितिपाटी- २०८२ साल दशैं टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास…

प्रतिकृयाहरू
...