Monday 12th October 2026

नागालैंडमा अफ्रिकन स्वाइन फ्लू फैलियो, सरकारले दियो निर्देष


डा. हरिमोहन पोखरेल, कोहिमा /नागालैंड राज्यको विभिन्न जिल्लाहरूमा अफ्रिकन स्वाइन फ्लू व्यापक रूपमा फैलिएको र विभिन्न जिल्लाहरूमा धेरै भन्दा धेरै नै सुँगुरहरू मरेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार राज्यको मोन, तुइनसाङ, फेक र कोहिमा जिल्लाको विभिन्न जग्गामा सुँगुर मरेको कुरा गाउबासीहरूबाट थाहा पाइएको छ ।

व्यापक रुपमा सुँगुर मरेकोले गर्दा राज्यको पशुपालन विभागले तुरुन्तै दिशा निर्देश जारी गरेको छ । सरकारले दिएको दिशा निर्देश अनुसार कुनै पनि मरेको सुँगुरको मासु नखाने तथा मरेको सुँगुरलाई कम से कम पाॅच फुट खनेर गाडिदिने गर्नुपर्ने छ । त्यस पछि पुन त्यस जग्गालाई सेनिटाइ गर्दै चुना पत्थरको घोल बनाई छरकिनु पर्ने छ ।

निर्देशले अगाडि जनाएको छ कि कुनै पनि सुँगुर ठीक संग दाना नखाएमा अर्थात जोरो आएका नजदीकैको पशुपालन विभागको कार्यालयमा सूचना दिनुपर्ने छ तथा बाहिरबाट ल्याएर बेचिएको सुँगुरको मासुको सेवन नगर्ने र बेच बिखनी पनि नगर्ने निर्देश दिएको छ ।

निर्देशले अझै अगाडि जनायो कि यदि कुनै व्यक्ति अथवा संस्था द्वारा बाहिरबाट ल्याएर बेच बिखानी गरेको पाइएमा सरकारले जरिमाना गराउने या कडा दण्ड दिने या दुइटै हुने छ ।
स्मरण रहोस् गतः साता नागालैंडको मोन जिल्लामा धेरै सुँगुरहरू मरेपछि यो खबर व्यापक रूपमा भाइरल भएको हो ।
—
कोहिमा नागालैंड भारत


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...