Wednesday 24th December 2025

नागालैंडमा अफ्रिकन स्वाइन फ्लू फैलियो, सरकारले दियो निर्देष


डा. हरिमोहन पोखरेल, कोहिमा /नागालैंड राज्यको विभिन्न जिल्लाहरूमा अफ्रिकन स्वाइन फ्लू व्यापक रूपमा फैलिएको र विभिन्न जिल्लाहरूमा धेरै भन्दा धेरै नै सुँगुरहरू मरेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार राज्यको मोन, तुइनसाङ, फेक र कोहिमा जिल्लाको विभिन्न जग्गामा सुँगुर मरेको कुरा गाउबासीहरूबाट थाहा पाइएको छ ।

व्यापक रुपमा सुँगुर मरेकोले गर्दा राज्यको पशुपालन विभागले तुरुन्तै दिशा निर्देश जारी गरेको छ । सरकारले दिएको दिशा निर्देश अनुसार कुनै पनि मरेको सुँगुरको मासु नखाने तथा मरेको सुँगुरलाई कम से कम पाॅच फुट खनेर गाडिदिने गर्नुपर्ने छ । त्यस पछि पुन त्यस जग्गालाई सेनिटाइ गर्दै चुना पत्थरको घोल बनाई छरकिनु पर्ने छ ।

निर्देशले अगाडि जनाएको छ कि कुनै पनि सुँगुर ठीक संग दाना नखाएमा अर्थात जोरो आएका नजदीकैको पशुपालन विभागको कार्यालयमा सूचना दिनुपर्ने छ तथा बाहिरबाट ल्याएर बेचिएको सुँगुरको मासुको सेवन नगर्ने र बेच बिखनी पनि नगर्ने निर्देश दिएको छ ।

निर्देशले अझै अगाडि जनायो कि यदि कुनै व्यक्ति अथवा संस्था द्वारा बाहिरबाट ल्याएर बेच बिखानी गरेको पाइएमा सरकारले जरिमाना गराउने या कडा दण्ड दिने या दुइटै हुने छ ।
स्मरण रहोस् गतः साता नागालैंडको मोन जिल्लामा धेरै सुँगुरहरू मरेपछि यो खबर व्यापक रूपमा भाइरल भएको हो ।

कोहिमा नागालैंड भारत


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

प्रतिकृयाहरू
...