Wednesday 6th August 2025

कस्तुरीको विनासहित ठमेलबाट ४ जना पक्राउ


तितोपाटी – संरक्षित बन्यजन्तु कस्तुरीको बिना सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। अवैध रुपमा बिक्री वितरणको लागि बोकी हिँडेको अवस्थामा ३ थान बिनासहित बुधबार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा काभ्रे भुम्लु घर भई हाल काठमाडौं स्वयम्भू बस्ने २८ वर्षीय दिपक नेपाली, रामेछाप गोकुलगंगा घर भई हाल काठमाडौं सिनामंगल बस्ने १८ वर्षीय अर्पण सुनुवार, रामेछाप बेथान घर भएका १७ वर्षीय उज्वल पाण्डे र सल्यान कालागाउँ घर भई काठमाडौं चाहबिल बस्ने २२ वर्षीय जिबन बस्नेत रहेका छन् ।

उनीहरुमध्येका अर्पण सुनुवारले झोलाभित्र लुकाई छिपाई बोकी हिँडीरहेको अवस्थामा उक्त कस्तुरीको बिनासहित काठमाडौं महानगरपालिका-२७ ज्याठाबाट महानगरीय प्रहरी बृत्त दरवारमार्गबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं राष्ट्रिय एकता महाधिवेशन हिजो मिती ४ अगस्त २०२५ का दिन कुवेतको खैतान…

टिम दर्ता र टाईसिट १५ अगष्तमा बिकास रोका मगर - नेपाल मगर संघ शाखा कुवेतले शहिद लखन थापा मगर रनिङ…

यो टेलिस्कोपले ब्रह्माण्डमा नदेखिने कुराहरू पनि देखाउनेछ जुन २०२५ मा वाशिंगटन डीसीमा आयोजित पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारणको क्रममा केही अद्भुत…

प्रतिकृयाहरू
...