Sunday 18th January 2026

सत्ता गठबन्धनले ६ महानगरका प्रमुखहरूको भागबण्डा मिलायो


तीतोपाटी – सत्तारूढ गठबन्धनले  आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि ६ महानगरका प्रमुखहरूको भागबण्डा मिलाएको छ  जसमध्ये कांग्रेसले ३, माओवादी, एकिकृत समाजवादी र जसपाले १-१ महानगरमा प्रमुख लिनेछन् ।

गठबन्धनको सहमति अनुसार कांग्रेसले काठमाडाैं, ललितपुर र भक्तपुरमा महानगर मेयर पाएको छ भने माओवादीले भरतपुर, एकिकृत समाजवादीले पोखरा र  जसपाले वीरगञ्जमा मेयर पाएका छन् तर कांग्रेसका मेयर नभएका महानगरमा उपमेयर भने कांग्रेसका हुने भएका छन् ।

सोमबारको बैठकमा पोखरा महानगरमा दावीबाट पछि नहटेको नेपाली कांग्रेसले मंगलबार नेकपा (एस)लाई छाडिदिएको हो ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...