Saturday 1st August 2026

सत्ता गठबन्धनले ६ महानगरका प्रमुखहरूको भागबण्डा मिलायो


तीतोपाटी – सत्तारूढ गठबन्धनले  आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि ६ महानगरका प्रमुखहरूको भागबण्डा मिलाएको छ  जसमध्ये कांग्रेसले ३, माओवादी, एकिकृत समाजवादी र जसपाले १-१ महानगरमा प्रमुख लिनेछन् ।

गठबन्धनको सहमति अनुसार कांग्रेसले काठमाडाैं, ललितपुर र भक्तपुरमा महानगर मेयर पाएको छ भने माओवादीले भरतपुर, एकिकृत समाजवादीले पोखरा र  जसपाले वीरगञ्जमा मेयर पाएका छन् तर कांग्रेसका मेयर नभएका महानगरमा उपमेयर भने कांग्रेसका हुने भएका छन् ।

सोमबारको बैठकमा पोखरा महानगरमा दावीबाट पछि नहटेको नेपाली कांग्रेसले मंगलबार नेकपा (एस)लाई छाडिदिएको हो ।


सम्बन्धित शीर्षकहरु

अन्तरिक्षमा आफ्नो कार्यकाल पूरा गरिसकेको फाल्कन–९ (Falcon 9) रकेटको माथिल्लो भाग (Upper Stage) चाँडै चन्द्रमामा ठोक्किने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूका…

कुवेत सरकारले शुक्रबार भएको शत्रुतापूर्ण ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र स्थायित्वमाथिको प्रत्यक्ष आक्रमण…

स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटा (Ceuta) मा हालै देखिएको ठूलो आप्रवासी लहरपछि २५ हजारभन्दा बढी आप्रवासीलाई मोरक्को फर्काइएको स्पेनको गृह…

प्रतिकृयाहरू
...