Friday 2nd October 2026

तनहुँको व्यासमा गोविन्दराज जोशीका छोरालाई एमालेले मेयर छोड्ने


तनहुँको व्यास नगरपालिकामा नेकपा (एमाले) ले पूर्वकांग्रेस नेता गोविन्दराज जोशीका छोरालाई मेयर उम्मेदवारमा सघाउने भएको छ।नेपाली कांग्रेसले कारबाही गरेपछि जोशी अहिले छुट्टै समूह चलाएर बसिरहेका छन्। जोशीका छोरा दीपकराज जोशी सोही समूहबाट व्यासको मेयरमा उठ्दैछन्। कुनै पार्टी दर्ता नगरेका जोशी स्वतन्त्र उम्मेदवार बन्दै छन्। जोशीले एमालेले आफूलाई मेयरमा समर्थन गर्ने बताए।नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पूर्वमन्त्री गोविन्दराज जोशी समूहसँग चुनावी तालेमलका विषयमा छलफल चलिरहेको बताए।

संक्षिप्त कुराकानी गर्दै एमाले अध्यक्ष श्रेष्ठले जोशी समूहसँग तालमेलबारे अन्तिम निर्णय नभइसकेको बताए। ‘हामीले जिल्लाभरिकै विषयमा छलफल गरिरहेका छौं।अहिले नै उहाँहरूसँग चुनावी गठबन्धन गर्ने निर्णय भएको छैन,’ उनले भने,’व्यास नगरपालिकामा मेयर उहाँहरूलाई दिने कि हामीले लिने भनेर टुंगो लाग्न बाँकी छ। यसबारे १/२ दिनमा टुंगो लाग्छ।’ एमाले अध्यक्ष श्रेष्ठले छलफल भइरहेका बेला जोशीले आफूलाई एमालेको समर्थन रहने भन्नु स्वभाविक रहेको बताए।२०७४ को चुनावमा व्यासको मेयर र उपमेयर कांग्रेसले जितेको थियो। मेयर र उपमेयरमा एमाले र माओवादीले तालमेल गरेका थिए।व्यासका १४ मध्ये एउटा वडामा मात्रै एमालेले अध्यक्ष जितेको थियो।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

रुसले युक्रेनको राजधानी कीभमा ड्रोन र मिसाइल आक्रमण तीव्र पारेपछि कम्तीमा एक जनाको मृत्यु भएको छ। आक्रमणका कारण सहरको महत्वपूर्ण…

प्रतिकृयाहरू
...