Tuesday 28th April 2026

सञ्चारकर्मी राजन नेपाललाई गर्यो तारकेश्वर नगरपालिकाले सम्मान


सञ्चारकर्मी राजन नेपाललाई काठमाडाैं स्थित तारकेश्वर नगरपालिकाले एक समारोहका विच सम्मान गरेको छ । सामाजिक सेवामा पुर्याएको योगदानको कदर गर्दै तारकेश्वर नगरपालिकाले यहि मिति २०७८ चैत्र ५ गते सञ्चारकर्मी नेपाललाई सम्मान गरेको हो ।

सञ्चारकर्मी नेपालको अग्रसरतामा चालिएको अभियानबाट हेल्थपोष्ट निर्माण गरिएको तथा कोरोनाको महामारीको समयमा अक्सिजन सिलिण्डर उपलब्ध गराएको हुँदा उनी सम्मानित भएका हुन ।

तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहोराबाट सम्मान पत्र पाउँदै गर्दा उनले सामाजिक संजाल फेसबुकमा सम्मान कार्यक्रमका तस्बिर सहित स्ट्याटस अपडेट गरेका हुन् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-नेपाली कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन भएका छन्। गत फागुन २१ मा सम्पन्न निर्बाचनपछि समानुपातिक सांसद भएका आङ्देम्बेले…

तितोपाटी-स्थानीय तह निर्वाचन आउन एक वर्ष बाँकी छँदै राष्ट्रिय स्वतन्त्र पार्टीले तयारी थालेको छ। रास्वपाले केन्द्रमा जस्तै स्थानीय तहमा पनि…

कुवेत सरकारले कुवेत अन्तर्राष्ट्रय विमानस्थल आज २३ अप्रिल २०२६ बिहिबारदेखि खुला गरिएको छ । गत फेब्रुअरी २८, २०२६ का दिनदेखि…

प्रतिकृयाहरू
...