Monday 19th January 2026

निलम्बित प्रधानन्यायधिशमाथिको महाभियोग प्रस्तावको प्रकृया संसदमा अघि बढ्यो


संघीय संसदमा निलम्बित प्रधानन्यायधिश चोलेन्द्रशम्शेर जबराविरुद्ध परेको महाअभियोग प्रस्ताव सम्बन्धमा प्रकृया अगाडि बढेको छ । सो प्रकृयाको लागि संसदमा ११ सदस्यीय ‘महाभियोग सिफारिस समिति’ गठन गरिएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।

प्रधानन्यायाधीश जबराविरुद्ध फागुन १ मा महाभियोग प्रस्ताव दर्ता भएको थियो ।

महाअभियोग सिफारिस समितिमा एमालेका तर्फबाट विष्णु पाैडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल रहेका छन् भने नेपाली कांग्रेसबाट मिनबहादुर बिक, रामबहादुर बिष्ट रहेका छन् । समितिका अन्य सदस्यहरमा माओवादीका तर्फबाट यसोदा सुवेदी  र रेखा शर्मा, नेकपा समाजवादीका तर्फबाट कल्याणी खड्का, लोकतान्त्रिक समाजवादीबाट एकवाल मिया र जसपाबाट प्रमोद शाह रहेका छन् । उक्त समितिले अब अनुसन्धान कार्यविधि बनाएर अनुसन्धान प्रकृया अगाडि बढाउनेछ ।

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २९ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...