Sunday 16th August 2026

रूसद्वारा फेसबुक, ट्विटर र यूट्यूबमाथि प्रतिबन्ध


रुसले रुसले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ । रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाइएको भन्दै रुसले फेसबुक, ट्विटर र युट्युबगायतका सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएको हो ।

सञ्चारमाध्यम र सूचना प्रविधिसम्बन्धी रुसी नियामक निकाय रोस्कोमनाद्जोरका अनुसार फेसबुकले अक्टोबर २०२० देखि यता रुसी सञ्चारमाध्यमाथि २६ वटा विभेदपूर्ण व्यवहार गरेको जनाएको छ । साथै युक्रेनसँग संघर्ष चलिरहेका बेला सरकारी सञ्चारमाध्यम आरटी र आरआईए न्युज एजेन्सीमाथि प्रतिबन्ध लगाएको पनि रुसले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धको बारेमा “मिथ्या समाचार” फैलाएको अभियोगमा मानिसहरूलाई १५ वर्ष जेल सजाय हुने कानुनमा समेत हस्ताक्षर गरेका छन् ।

कानुन लागु भएपछि रुसमा स्वतन्त्र रिपोर्टिङ बन्द गरिने सम्भावना छ। त्यहाँ समाचार संस्थाहरूलाई युक्रेनमा जारी द्वन्द्वलाई “युद्ध” भनेर उल्लेख गर्न अनुमति दिइएको छैन।

यसैबिच बीबीसी, सीएनएन, ब्लुमबर्ग, सीबीएस न्यूज र एबीसी न्यूजले रुसमा आफ्नो सेवा निलम्बन गर्ने निर्णय गरेका छन्। रूसले युक्रेनमाथि फेब्रुअरी २४ देखि अाक्रमण शुरू गरेपछि अन्तर्राष्टुिय रूपमा रूसमाथि विभिन्न देशले विभिन्न किसिमा प्रतिबन्धहरू लगाएका छन्


सम्बन्धित शीर्षकहरु

युक्रेनले रूसको मस्को क्षेत्रलाई लक्षित गर्दै रातभरि व्यापक ड्रोन आक्रमण गरेको छ। मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार साँझदेखि बिहान ६:३०…

इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा ४७ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार बिहान…

इरानसँगको युद्ध छ महिनासम्म लम्बिँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सुरुवातमा राखेका कडा लक्ष्यहरू क्रमशः सीमित हुँदै गएको संकेत…

प्रतिकृयाहरू
...