Sunday 16th August 2026

रूसको बमबार्डबाट युक्रेनको आणविक उर्जा केन्द्रमा आगलागी, आणविक ऊर्जा केन्द्र रूसको कब्जामा


तीतोपाटी – रूसी सेनाको गोलाबारीबाट युक्रेनको आणविक केन्द्रमा आगलागी भएको छ भने सो आणविक ऊर्जा केन्द्रलाइ रूसले कब्जामा लिएको छ । रुसले हमला गरेपछि युक्रेनको जापोरिज्यास्थित युरोपकै सबैभन्दा ठूलो उक्त परमाणु ऊर्जा केन्द्रमा आगो लागेको थियो।

कब्जा गर्नुभन्दा केहि समयअघि रुसी सेनाले उक्त ऊर्जा केन्द्रनजिकै आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचारहरूले उल्लेख गरेका थिए ।

आणविक केन्द्र रूसको कव्जामा गए पनि “कर्मचारीहरूले ऊर्जा एकाइको अवस्था निगरानी गरिरहेका छन्,” एउटा स्थानीय निकायले सामाजिक सञ्जालमा उल्लेख गरेको रोएटर्स समाचारसंस्थाले जनाएको छ।

उक्त निकायका अनुसार स्टेशनका कर्मचारीहरूले कामलाई निरतन्तरता दिइरहेका छन्। यो आणविक ऊर्जा केन्द्रबाट युक्रेनको कुल विद्युत् उत्पादनको २० प्रतिशत विद्युत् उत्पादन हुने गरेको छ ।


सम्बन्धित शीर्षकहरु

इरानसँगको युद्ध छ महिनासम्म लम्बिँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सुरुवातमा राखेका कडा लक्ष्यहरू क्रमशः सीमित हुँदै गएको संकेत…

BREAKING: इरानी अधिकारीहरूले मार्जिएह नेयरी (Marzieh Neyri, जसलाई Marziyeh Nayeri भनेर पनि उल्लेख गरिएको छ) नामकी एक युवतीलाई मृत्युदण्ड दिएका…

काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्। चीनको ग्वाङ्झाउमा सुरु…

प्रतिकृयाहरू
...