Sunday 16th November 2025

रूसको बमबार्डबाट युक्रेनको आणविक उर्जा केन्द्रमा आगलागी, आणविक ऊर्जा केन्द्र रूसको कब्जामा


तीतोपाटी – रूसी सेनाको गोलाबारीबाट युक्रेनको आणविक केन्द्रमा आगलागी भएको छ भने सो आणविक ऊर्जा केन्द्रलाइ रूसले कब्जामा लिएको छ । रुसले हमला गरेपछि युक्रेनको जापोरिज्यास्थित युरोपकै सबैभन्दा ठूलो उक्त परमाणु ऊर्जा केन्द्रमा आगो लागेको थियो।

कब्जा गर्नुभन्दा केहि समयअघि रुसी सेनाले उक्त ऊर्जा केन्द्रनजिकै आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचारहरूले उल्लेख गरेका थिए ।

आणविक केन्द्र रूसको कव्जामा गए पनि “कर्मचारीहरूले ऊर्जा एकाइको अवस्था निगरानी गरिरहेका छन्,” एउटा स्थानीय निकायले सामाजिक सञ्जालमा उल्लेख गरेको रोएटर्स समाचारसंस्थाले जनाएको छ।

उक्त निकायका अनुसार स्टेशनका कर्मचारीहरूले कामलाई निरतन्तरता दिइरहेका छन्। यो आणविक ऊर्जा केन्द्रबाट युक्रेनको कुल विद्युत् उत्पादनको २० प्रतिशत विद्युत् उत्पादन हुने गरेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...