Monday 12th May 2025

एमसीसी पारितविरुद्ध विप्लव, वैद्यदेखि मोहनविक्रमसम्म आन्दोलनमा, ६ दलद्वारा जनसंघर्षका कार्यक्रम घोषणा


तीतोपाटी डटकम-अमेरिकी अनुदान सहायता परियोजना एमसीसी सम्झौता पारित गरेको विरोधमा ६ कम्युनिस्ट पार्टी र दुई वटा मोर्चाले जनसंघर्षको कार्यक्रम घोषणा गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत, विरोध र देशव्यापी जनसंघर्ष गर्दा गर्दै पनि देउवा सरकारले रातारात एमसीसी सम्झौता पारित गरेको भन्दै त्यसविरुद्ध जनसंघर्षको कार्यक्रम घोषणा गरेको हो ।

यसको विरुद्ध राष्ट्रिय रुपमा प्रतिवाद संघर्ष सञ्चालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकाले विषयको संवेदनशीलतालाई दृष्टिगत गरी जनसंघर्षको कार्यक्रम घोषणा गरेको भन्दै ६ दलको विज्ञप्तिमा पुरै तागतका साथ सफल पार्न देशभक्त, वामपन्थी, प्रगतिशील, सच्चा लोकतन्त्रवादीहरु लगायतमा अपिल गरिएको छ ।

संघर्षका कार्यक्रमअन्तर्गत फागुन १५ गते बेलुका देशव्यापी मसाल जुलुस निकाल्ने र १६ गते सशक्त नेपाल बन्द गर्ने उल्लेख छ ।

संघर्षमा उत्रिएका पार्टीहरुमा विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंहको नेकपा मसाल, मोहन वैद्य किरणको नेकपा (क्रान्तिकारी माओवादी), चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेलको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेलको नेकपा, आहुतीको वैकल्पिक समाजवादी कम्युनिस्ट र कर्णजित बुढाथोकीको नेकपा माओवादी समाजवादी रहेका छन् ।

साभार-अन्नपूर्णपोस्ट


सम्बन्धित शीर्षकहरु

एजेन्सी -पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले आणविक र क्षेप्यास्त्र नीतिबारे निर्णय गर्नका लागि देशको सर्वोच्च निकायको बैठक बोलाएका छन्। ‘प्रधानमन्त्रीले राष्ट्रिय…

पाल्पा र गुल्मीको संगमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ। कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबारदेखि…

स्वस्थ रहनका लागि राति राम्रो र गहिरो निद्रा लिनु जरुरी छ। तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही…

प्रतिकृयाहरू
...