Tuesday 15th July 2025

लामोसमयपछि माओवादीकेन्द्र र एमाले बीच छलफल सम्पन्न


प्रमुख प्रतिपक्ष दल  नेकपा एमाले र सत्ता गठबन्धन दल माओवादी केन्द्रबीचको छलफल सकिएको छ। बिहीबार साँझ कांग्रेस-एमाले छलफल  लगत्तै एमाले र माओवादी केन्द्रका नेताहरूबीच संसद भवन नयाँ बानेश्वरमा छलफल भएको थियो। छलफलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्बाङ तथा माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेत, देव गुरूङ र नारायणकाजी श्रेष्ठ थिए।

माओवादी केन्द्रसंग  अहिलेको अवस्था, संसद गतिरोध र एमसिसीबारे छलफल भएको एमाले उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए।  दूई दलको    २०७७ साल पुसपछि यो तहको छलफल पहिलो पटक भएको हो।’आफूहरूले छलफललाई निरन्तरता दिने भनेको समेत उनले बताए। यस्तै, माओवादीका तर्फबाट शक्तिबहादुर बस्नेतले एमालेसँग संसदको गतिरोध र एमसिसीबारे छलफल भएको बताए।


सम्बन्धित शीर्षकहरु

कर्नाटकको उत्तरा कन्नडको दुर्गम क्षेत्रमा रहेको गुफामा प्रहरीले एक रुसी महिला र दुई केटीहरू फेला पारेको छ। प्रहरी गस्ती टोलीले…

जुन १५ मा तेहरानमा भएको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा इजरायली हवाई आक्रमणमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानलाई सामान्य चोट लागेको…

तितोपाटी-संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि अहिले निक्कै चर्चामा रहेको छ  । कर्मचारीहरूको सरूवा तथा भूमिसुधार…

प्रतिकृयाहरू
...