Tuesday 13th October 2026

जनार्दन अधिकारी धड्कनका केही खोरियाहरू


खोरिया

असल प्रिय मन्त्र यो
संरक्षण प्रजातन्त्रको
माटोको माया छातीमा
छोरा,नातिमा

विकाश गर्छु भनेर
त्यो छाडा तन्त्र बनेर
विकाश सून्य बनायौ
ठुस्स गनायौ ।

आँसुले मुख धुँदैन
सहीद रुनु हुँदैन
मनमा प्रेम फुलाउँ
देश फलाउँ

हिँउकै हाम्रो केश छ
हिमाल फुल्ने देश छ
लगाउँ टिपी गुँरास
जनको आस

रोप्नुछ यो राष्टियता
झण्डा नै हाम्रो एकता
सर्वोच्च शिर देश हो
भाषा भेष हो ।

कुर्सिको मोह हटाउ
प्रेमले माटो पटाउ
माटोमा रोपौं भावना
शुभकामना


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...