Tuesday 5th May 2026

सर्जक गुणनिधि घिमिरेका झ्याउरे छन्दमा १० पदका कविता


झ्याउरे छन्दमा १० पद
~~~~~~~~~~~~~~~~~~~~~

तिमी हिंड्ने मुलबाटोमा काँढा झर्यो कि
नरम नरम बाटो हिंड्ने बानी पर्यो कि ।
‌‌ १
शरीर हाम्रो जस्तो गर्यो उस्तै बानी हुने
सुख पाए रमाउने दु:ख पाए रुने ।

साना ठूला काँढाहरू पन्छाउँदै जाउँ
सुख दुःख जिन्दगी हो मिलाउँदै बिताउँ।

सुन्दर यो संसारमा जन्म भयो हाम्रो
मिलिजुली इष्टमित्र दिन बिताउनु राम्रो ।

थाहै नपाई जिन्दगीको बेला बित्न लाग्यो
पत्तै नपाई समयले नेटो काट्न लाग्यो ।
‌ ५
एउटा रथका दुईटा पाङ्ग्रा हामी दम्पती ले
यथाशक्ति कर्म गरौं आफ्नै सम्पतिले ।
‌ ६
हिुमालको चिसो हावा झरनाको पानी
सुख दुःख हाँसो रोदन रहेछ जिन्दगानी ।
‌ ७
तिर्खा लागे पानी पिउँला भोक लागे खाउँला
झ्याउरेमा ताल मिलाई मिठो गीत गाउँला ।

जाँदा जाँदै गोरेटोमा भत्किन्छ कि बाटो
खनिखोस्री गर्नु पर्छ आफ्नै देशको माटो ।

टुक्रा टाक्री बटुलेर टालटुल पारौँ हामी
आफ्नै देशका बाटा घाटा बनाउँला नामी ।
‌ ——- १० ——-

गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका


सम्बन्धित शीर्षकहरु

Yaniv Dover को नयाँ अनुसन्धानले आधुनिक डिजिटल युगको एउटा गहिरो वास्तविकता उजागर गर्छ— आजको संसारमा मानिसहरू केवल आफ्नै अनुभवबाट होइन,…

सरकारले अघि बढाएको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ राष्ट्रपतिबाट जारी भएसँगै निजामती सेवाभित्र रहेको ट्रेड युनियन व्यवस्थाको औपचारिक…

नेपाली दूतावास कुवेतले हिँजो २ मे २०२६ शनिबारका दिन दूतावासको सभा हलमा "श्रम तथा वित्तीय सचेतना" विषयक छलफल  कार्यक्रम सम्पन्न…

प्रतिकृयाहरू
...