Friday 23rd January 2026

सर्जक गुणनिधि घिमिरेका झ्याउरे छन्दमा १० पदका कविता


झ्याउरे छन्दमा १० पद
~~~~~~~~~~~~~~~~~~~~~

तिमी हिंड्ने मुलबाटोमा काँढा झर्यो कि
नरम नरम बाटो हिंड्ने बानी पर्यो कि ।
‌‌ १
शरीर हाम्रो जस्तो गर्यो उस्तै बानी हुने
सुख पाए रमाउने दु:ख पाए रुने ।

साना ठूला काँढाहरू पन्छाउँदै जाउँ
सुख दुःख जिन्दगी हो मिलाउँदै बिताउँ।

सुन्दर यो संसारमा जन्म भयो हाम्रो
मिलिजुली इष्टमित्र दिन बिताउनु राम्रो ।

थाहै नपाई जिन्दगीको बेला बित्न लाग्यो
पत्तै नपाई समयले नेटो काट्न लाग्यो ।
‌ ५
एउटा रथका दुईटा पाङ्ग्रा हामी दम्पती ले
यथाशक्ति कर्म गरौं आफ्नै सम्पतिले ।
‌ ६
हिुमालको चिसो हावा झरनाको पानी
सुख दुःख हाँसो रोदन रहेछ जिन्दगानी ।
‌ ७
तिर्खा लागे पानी पिउँला भोक लागे खाउँला
झ्याउरेमा ताल मिलाई मिठो गीत गाउँला ।

जाँदा जाँदै गोरेटोमा भत्किन्छ कि बाटो
खनिखोस्री गर्नु पर्छ आफ्नै देशको माटो ।

टुक्रा टाक्री बटुलेर टालटुल पारौँ हामी
आफ्नै देशका बाटा घाटा बनाउँला नामी ।
‌ ——- १० ——-

गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

प्रतिकृयाहरू
...