Tuesday 5th May 2026

निर्मला सुवेदीका दमदार ५ (पाँच) पञ्चाङ्गहरू


“पाच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार“

————-
पञ्चाङ्ग ०१

मूर्तिलाई होइन आत्मा पुज्न मन लाग्छ
किन किन दुखीको दुख बुझ्न मन लाग्छ
सेवा नै धर्म हो हजुर यहाँ त्यसैले पो
सुखमा भन्दा त दुखमा खुल्न मन लाग्छ
सालको पातको टपरी बुन्न मन लाग्छ।

पञ्चाङ्ग ०२

सम्झिँदा प्रिय तिमीलाई रुन मन लाग्छ
एकैपटक तिम्रो शिर छुन मन लाग्छ
सुख चाहिँदैन प्रिय दुख नै लाग्छ प्यारो
मलाई जुनी जुनी तिम्रै हुन मन लाग्छ
एक्लै हुँदा आँसुले मुख धुन मन लाग्छ।

पञ्चाङ्ग ०३

मायामा यहाँ भएपछि घात हजुर
अझ बढी नै चले यहाँ बात हजुर
विश्वासमा अडेको छ यो संसार तर
किन लाग्छ खोइ मान्छेलाई मात यहाँ
हुँदैन मान्छेले फरक जात हजुर।

पञ्चाङ्ग ०४

दामी नै छ पलङ तर निद्रा छैन यहाँ
गर्नेलाई भन्दा हेर्नेलाई छ चैन यहाँ
सुखदुःख केहि होइन गरि खान पाए
अरुले हैन मौरीले बनायो मैन यहाँ
सबै अस्थायी केही पनि हैन स्थायी यहाँ।

पञ्चाङ्ग ०५

मन बदलिन्छ घरिघरि यहाँ
चल्दछ ठालुको मनपरि यहाँ
केही होइन मरी लाने हजुर
स्वार्थमा हुन्छ हित कसरी यहाँ
पीडा मिलेको छ दिल भरि यहाँ।

✍️ निर्मला सुवेदी,बागलुङ।


सम्बन्धित शीर्षकहरु

Yaniv Dover को नयाँ अनुसन्धानले आधुनिक डिजिटल युगको एउटा गहिरो वास्तविकता उजागर गर्छ— आजको संसारमा मानिसहरू केवल आफ्नै अनुभवबाट होइन,…

सरकारले अघि बढाएको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ राष्ट्रपतिबाट जारी भएसँगै निजामती सेवाभित्र रहेको ट्रेड युनियन व्यवस्थाको औपचारिक…

नेपाली दूतावास कुवेतले हिँजो २ मे २०२६ शनिबारका दिन दूतावासको सभा हलमा "श्रम तथा वित्तीय सचेतना" विषयक छलफल  कार्यक्रम सम्पन्न…

प्रतिकृयाहरू
...