Wednesday 14th October 2026

प्रतिमा सिवाकोटीको गजल संग्रह, भाग – ३३


स्वार्थी यो दुनियाँमा, लाग्दैन कोहि जाती हजुर।
जता फर्क्यो उतै देख्छु, मात्रै आत्माघाती हजुर।

समाजका ती बुद्धिजीवी, भनाउँदाहरुले नै,
सधैंभरी गरेको त्यो, देख्दा खुराफाती हजुर।

ढाँट्दै,छल्दै, झुठो बोल्दै, गरेपछि अत्याचार,
भन्न पनि घिन लाग्यो,आफ्नै छोरा नाति हजुर।

फटाहा र धुसखोरीलाई, सबै सामु बोलाएर,
उच्च सम्मान गर्दै लाएपछि फुलपाती हजुर।

जाली, शोषक, भ्रष्टाचारी, संगै बलात्कारी पनि,
निर्धक्क भै फुलाएर, हिड्दा खेरि छाती हजुर।

प्रतिमा शिवाकोटी(उप्रेती)
भुम्लु गाउँपालिका ८,भुम्लुटार,काभ्रेपलान्चोक
रचना:२०७८/११/०८ आइतबार


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...