Saturday 15th August 2026

बाल गीत -गुणनिधि घिमिरे


बाल गीत
( प्राथमिक कक्षाका भाई बहिनी हरूको लागि )
—————————————————
हामी साना नानी छौं बुबु माम खाने हो
बुबु माम खाएर पाठशाला जाने हो ।१।

बुबु माम खाए पछि ठूलो हुन्छौं बढेर
पाठशाला गए पछि ज्ञानी बन्छौं पढेर ।२।

पेन्सिल र कापी छन् झोला भरी किताब
ज्ञानी मान्छे भए पछि गर्छौं राम्रो निसाफ । ३।

ठूलाबडा मान्छेले अह्राएको मानेर
कुनै कुनै काम हामी आफैं गर्छौं जानेर ।४।

झुटो कुरा गर्दैनौ सधैं मिठो बोल्नेछौं
पढी लेखी सकेर कहिलेकाहीँ खेल्नेछौं ।६।

हामी साना नानी छौं बवु माम खाने हो
बुबु माम खाएर पाठशाला जाने हो
————————-

गुणनिधि घिमिरे, पाँचथर – मोरङ
हाल अमेरिका


सम्बन्धित शीर्षकहरु

भारतले आज देशभर विविध कार्यक्रमका साथ आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाएको छ। सन् १९४७ अगस्ट १५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र…

यस वर्षको मनसुन सुरु भएयता नेपालमा बाढी, पहिरो, चट्याङ, भारी वर्षा तथा हिमपहिरोका घटनाबाट ८५ जनाको मृत्यु भएको छ। नेपाल…

इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। दर्जनौं घाइते भएका छन्…

प्रतिकृयाहरू
...