Friday 23rd January 2026

बाल गीत -गुणनिधि घिमिरे


बाल गीत
( प्राथमिक कक्षाका भाई बहिनी हरूको लागि )
—————————————————
हामी साना नानी छौं बुबु माम खाने हो
बुबु माम खाएर पाठशाला जाने हो ।१।

बुबु माम खाए पछि ठूलो हुन्छौं बढेर
पाठशाला गए पछि ज्ञानी बन्छौं पढेर ।२।

पेन्सिल र कापी छन् झोला भरी किताब
ज्ञानी मान्छे भए पछि गर्छौं राम्रो निसाफ । ३।

ठूलाबडा मान्छेले अह्राएको मानेर
कुनै कुनै काम हामी आफैं गर्छौं जानेर ।४।

झुटो कुरा गर्दैनौ सधैं मिठो बोल्नेछौं
पढी लेखी सकेर कहिलेकाहीँ खेल्नेछौं ।६।

हामी साना नानी छौं बवु माम खाने हो
बुबु माम खाएर पाठशाला जाने हो
————————-

गुणनिधि घिमिरे, पाँचथर – मोरङ
हाल अमेरिका


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...