Friday 23rd January 2026

प्रेम थापाका उत्कृष्ट ५ (पाँच) पञ्चाङ्गहरू


“ पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार “

पञ्चाङ्ग ०१

अरुको साधारण आफ्नो सोच निकै खदिलो हुन्छ
सधैंको उही धोकेवाज पैसाले नै गतिलो हुन्छ
भित्र ञ्भित्र पीडा बर्साएको थाहा छैन कसैलाई
मन नपर्दा चेपारे परे ञ् पछि गहकिलो हुन्छ
दुःख दिने त्यो धनी मान्छे आफै सधै भरिलो हुन्छ ।

पञ्चाङ्ग ०२

नेपालमा ठेस लगाई अन्तै मन सजाए भन्छन्
विना संकोच सम्झौताको कसमहरू खाए भन्छन्
जनताको मतलबै नगरी आफ्नै दुनो सोझाई,
पैसाको जोहोले ठाउँ ठाउँमा बस्ती बसाए भन्छन्
सामाजिक रीति भुली सभ्यता सारा भगाए भन्छन्।

पञ्चाङ्ग ०३

आफ्नै आफन्त पनि नजिक लागेन भन्छन्
किनकि त्यो व्यवहार ठिक लागेन भन्छन्
मनको ञ् तरङ्ग कसरी बहन्छ के सोच्छ,
सुनेका कुरा नै आधुनिक लागेन भन्छन्
खै ! किन आफैंलाई मार्मिक लागेन भन्छन् ।

पञ्चाङ्ग ०४

अचम्मैको माया पनि लाएको धेरै भो
वियोगको गीत पनि गाएको धेरै भो
नघट्छ नबढ्छ नजोखिन्छ नरोकिन्छ
दुःखको अमृतले अघाएको धेरै भो
नबिर्सने उपहार पाएको धेरै भो !

पञ्चाङ्ग ०५

लगातार लाग्थ्यो कसरी सम्हालु मन हिजो
किन तिमीले सार्‍है देखायौ तुच्छपन हिजो
तिम्रो व्यवहार, कहानी बुढो नहोला कतै
घाँडो भयो तिमीलाई सुम्पिएको तन हिजो
माया थियो र त अयोग्य भयो धड्कन हिजो ।

✍️प्रेम थापा, बागलुङ ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

प्रतिकृयाहरू
...