Thursday 17th July 2025

चन्द्रावती अधिकारीका उत्कृष्ट पाँच पञ्चाङ्गहरू


“ पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार “

पञ्चाङ्ग ०१

वर्षदिनको एकफेर प्रेमदिवस आयो भन्छन्
अघिपछि दुश्मनी छ त्यो दिन माया लायो भन्छन् ।
आवेगमा लाको माया दीगो हुन्न बुझिराख,
नबुझेर लाएपछि जिन्दगानी खायो भन्छन्,
आधुनिक हुँदै गर्दा धोकामात्र पायो भन्छन्।

पञ्चाङ्ग ०२

सात फेरो घुम्दै यहाँ अग्नि साक्षी पारेको हो
जन्मिएको गोत्र छाडीअर्कै गोत्र सारेको हो
संस्कृतिले सिकाएको बिहेपछि माया गर्न
पश्चिमाको सिको गर्दा आगो पानी बारेको हो।
जित छैन कसैको नि सम्झौतामा हारेको हो।

पञ्चाङ्ग ०३

पत्थर मन कपास झैँ फुकाउँछ पिरतीले
हाँसो खोसी आँसुहरु सुकाउँछ पिरतीले ।
घरीघरी अरुको नै यादमात्र दिँदोरैछ
आँफूलाई अरुभित्रै लुकाउँछ पिरतीले।
सधैभरि उससामु झुकाउँछ पिरतीले ।

पञ्चाङ्ग ०४

टुटेको मन जोडिदेऊ सक्छौभने मेरा प्यारा
गलत पन्थ छोडिदेऊ सक्छौभने मेरा प्यारा ।
एकदिने तिम्रो प्रेम चाहिएन लैजाऊ बरु,
झारपात गोडिदेऊ सक्छौभने मेरा प्यारा।
वाचा भो नतोडिदेऊ सक्छौभने मेरा प्यारा ।

पञ्चाङ्ग ०५

भुजङ्गप्रयात (मु मु सा १२२×४)

कतै जिन्दगीमा हराएँ भने म ,
बिना होस राखी कराएँ भने म ।
समालेर राख्नू दिई प्रेम प्यारा ,
कतै पाउ लर्खर गराएँ भने म ।
कतै चाह नौलो भराएँ भने म ।

चन्द्रावती अधिकारी
कोहलपुर वाँके।


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल "राष्ट्रप्रेमी" -साउने सङ्क्रान्तिको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। साउने सङ्क्रान्ति पर्व प्रायः सबै नेपालीका लागि विशेष महत्त्वको चाड हो।…

पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरस्थित ऐतिहासिक कामाख्या मन्दिर परिसरमा सामाजिक अभियन्ता सुशिल बस्याल 'राष्ट्रप्रेमी'को नेतृत्वमा लालीगुँरास रोपेर हरियाली अभियान सञ्चालन गरिएको…

लन्डन: स्थानीय स्रोतहरूका अनुसार, गाजा पट्टीमा मिडियाकर्मीहरूलाई लक्षित गरी गरिएको पछिल्लो घातक वृद्धिमा आइतबार इजरायली हवाई आक्रमणमा दुई प्यालेस्टिनी पत्रकारको…

प्रतिकृयाहरू
...