Saturday 15th August 2026

निर्मला सुवेदीका मर्मस्पर्शी पाँच पञ्चाङ्गहरू


पञ्चाङ्ग

०१
पीरको भारी बोकेको छु
दिलको घाउ छोपेको छु
नसोध न प्रिय औकात
त्यसै जहर रोजेको छु
धक फुकाइ बोलेको छु।

०२
हेर्न आउ न त दिलको घाउ बढेको छ
बोल्दिनौ आज भोलि तिम्रो भाउ बढेको छ
के भुल भयो कुन्नि त्यो थाहा नपाउँदैमा
आखिर किन यति तिम्रो दाउ बढेको छ
प्रष्ट छ अरुकै लागि त्यो पाउ बढेको छ ।

०३
प्राण भन्दा प्यारो पो लाग्दछ आफ्नो देश यो
प्यारो लाग्छ झन मलाई नेपाली भेष यो
कति सुन्दर डाँडा,पाखा भीर र पहरा
अति प्यारो लाग्छ त्यो आमाको कालो केस यो
कतै नबनोस् हजुर जुत्ताको लेस यो ।

०४
पुग्ने कहाँ हो त्यो थाहा छैन यात्रा जारी छ
बाहिर हाँसेर बोले पनि मन भारी छ
धन सम्पत्ति केही हैन मरी जाने चोला
भेट हुने मन भए आउ बस्ती पारी छ
बाटो नचिने हेर्नु घरमा केरा घारी छ ।

०५
संसार बिचित्र दिल भित्र चित्र छ
बाहिर नखोज माया दिल भित्र छ
मरि लाने केहि होइन सुर्ता व्यर्थ
जस्तो चोखो माया उस्तै नै चरित्र छ
सबैभन्दा त्यो व्यबहार पबित्र छ ।

-निर्मला सुवेदी,बागलुङ


सम्बन्धित शीर्षकहरु

नेपाल आदिवासी जनजाति महासंघ, कुवेतको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस तथा १२औँ वार्षिक उत्सव–२०२६ शुक्रबार, १४ अगस्ट २०२६ का दिन…

लेबनानका प्रधानमन्त्री नवाफ सलामले लेबनानी भूभागबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुने स्पष्ट समयतालिका तय गर्नुपर्ने बताएका छन्। उनले इजरायलले…

इरान युद्धपछि चिनियाँ विद्युतीय गाडीको उछाल : नेपालमा ईभी बजारको भविष्य कता ? इरान युद्ध र होर्मुज जलडमरूमध्यमा आएको अवरोधपछि…

प्रतिकृयाहरू
...