Monday 1st September 2025

दलहरूबीच सहमति भए सभामुखले एमसीसी नरोक्ने


सभामुख अग्नि सापकोटाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) विषयमा दलहरूबीच सहमति भए अाफूले एमसीसी नरोक्ने बताएका छन् ।

सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठक सम्पन्न भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा एमसीसीको विषयमा आफ्नो भूमिका अम्पाएर मात्रै भएको उनले बताए ।

आजको बैठकमा दलहरूले एमसिसीबारे राखेका धारणालाई आफूले निष्पक्ष रूपमा सुनेको र संसद सुचारू भएपछि यसको प्रक्रिया अघि बढ्ने उनले बताएका हुन्।

सभामुख सापकोटाले संसद् अवरोधका विषयमा विभिन्न दलका नेताहरूले संसद्को अवरोध हटाउन प्रतिपक्षलाई पनि सहमतिमा ल्याउनुपर्ने बताए । साथै, चाँडै यो समस्याको समाधान हुनेमा पनि उनले विश्वास व्यक्त गरे ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको पञ्जाबले इतिहासकै सबैभन्दा ठूलो बाढीको सामना गरिरहेको छ, जसले २० लाख मानिसहरूलाई असर गरेको छ लाहोर: पाकिस्तानको पूर्वी पञ्जाब…

प्रधानमन्त्री नरेन्द्र मोदी चीनको तियानजिनमा आयोजना भइरहेको सांघाई सहयोग संगठन (SCO) शिखर सम्मेलनका लागि आइपुगेका छन्। यस्तो अवस्थामा, विदेश मन्त्रालयले…

एउटा अभूतपूर्व अध्ययनले सुझाव दिन्छ कि मानिस सहित सबै जीवित प्राणीहरूले - दृश्य प्रकाशको हल्का चमक दिन्छन् जुन जीवन समाप्त…

प्रतिकृयाहरू
...