Wednesday 20th May 2026

दलहरूबीच सहमति भए सभामुखले एमसीसी नरोक्ने


सभामुख अग्नि सापकोटाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) विषयमा दलहरूबीच सहमति भए अाफूले एमसीसी नरोक्ने बताएका छन् ।

सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठक सम्पन्न भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा एमसीसीको विषयमा आफ्नो भूमिका अम्पाएर मात्रै भएको उनले बताए ।

आजको बैठकमा दलहरूले एमसिसीबारे राखेका धारणालाई आफूले निष्पक्ष रूपमा सुनेको र संसद सुचारू भएपछि यसको प्रक्रिया अघि बढ्ने उनले बताएका हुन्।

सभामुख सापकोटाले संसद् अवरोधका विषयमा विभिन्न दलका नेताहरूले संसद्को अवरोध हटाउन प्रतिपक्षलाई पनि सहमतिमा ल्याउनुपर्ने बताए । साथै, चाँडै यो समस्याको समाधान हुनेमा पनि उनले विश्वास व्यक्त गरे ।


सम्बन्धित शीर्षकहरु

नेपालका दुई प्रसिद्ध पर्वतारोही गाइडहरूले सगरमाथा आरोहणमा नयाँ इतिहास रचेका छन् । “एभरेस्ट म्यान” भनेर चिनिने कामी रिता शेर्पाले ३२औँ…

नेपालको लोकतान्त्रिक संरचनामा शक्ति पृथकीकरण केवल सैद्धान्तिक विषय होइन, राज्य सञ्चालनको आधारभूत मान्यता हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तीनवटै अंगले…

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

प्रतिकृयाहरू
...