Monday 3rd August 2026

नायिका रेखा थापाले गरिन् दोश्रो विवाह


नायिका रेखा थापा दोस्रोपटक विवाह बन्धनमा बाँधिएकी छन् । अमेरिका बस्दै आएका बलराम शाहीसँग केही दिनअघि उनले काठमाडौं जिल्ला अदालतमा पुगेर अदालती विवाह ‘कोर्ट म्यारिज’ गरेकी हुन् । ४० वर्षीय शाही र ३९ वर्षीया थापाले लामो समयको प्रेम सम्बन्धलाइ अदालती विवाह मार्फत मुर्तरूप दिएका हुन्

यस अघि नायिका थापाले निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। ओझासँगको वैवाहिक सम्बन्ध टिक्न नसकेपछि उनीहरूले १० वर्षअघि डिभोर्स गरेका थिए। नायिकाको रूपमा चलचित्र क्षेत्रमा प्रवेश गरेकी थापाले चलचित्र निर्माण समेत गरेकी छन् ।

अभिनेत्री थापा चलचित्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय छन् । उनी हालसालै भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महिलातर्फबाट महामन्त्री पदमा उम्मेदवारी दिएकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा केही वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) लाई फाइदा पुग्ने गरी सिन्डिकेट…

गाजामा इजरायली हवाई आक्रमणका कारण पछिल्लो २४ घण्टामा कम्तीमा १३ जनाको मृत्यु भएको छ, जसमा केही बालबालिकासमेत रहेका छन्। आक्रमण…

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गर्दै सर्वसाधारणलाई सतर्क…

प्रतिकृयाहरू
...