Friday 26th September 2025

सरिता काफ्लेका उत्कृष्ट पाँच (५) पञ्चाङ्गहरू


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”

पञ्चाङ्ग ०१

अन्तर मनकै यात्रा जाति मान्छु
ईश्वरको स्वरुप पो भाति मान्छु
ज्वाजल्यमान स्वरुप हृदयभित्र
अर्पण गर्ने पवित्र पाति मान्छु
दर्शन पाइन्छ भन्ने राति मान्छु।

पञ्चाङ्ग ०२

वायुको विछ्यौनामा झुलाउँछौ तिमी
गगन मार्ग हुदै डुलाउँछौ तिमी
स्वरुप पन्छि सरी निर्जिव विमान
कल्पनाको सैरमा झुलाउँछौ तिमी
अवोध बालक पो रुवाउँछौ तिमी

पञ्चाङ्ग ०३

प्राणीको जीवन दाता माटो
सृष्टिको सृजना माता माटो
वेदना लुकाउने स्थल यो
सौगात बुझाउने ज्ञाता माटो
विसौनी मानवको पाता माटो

पञ्चाङ्ग ०४

अन्यायको विगुल फुक्ने तन कलम
आत्माको परिचय वाड्ने मन कलम
विद्वान,विदुषीको शस्त्र अनि परिचय
चट्ट खल्तिमा सजाउने झन कलम
मनको बाडी तेर्स्याउने गन कलम

पञ्चाङ्ग ० ५

सेतो बस्त्र पहिरीएको कापीको पाना बनी
जनजनको भावना कोरिएको चाना बनी
अन्याय विरुद्धको लडाइमा सहभागी हुँ
रचनाका रङ्ग रुप पो उन्ने नामा बनी
हृदयको रोदन चित्कारका ताना बनी

सरिता काफ्ले, बाँके कोहलपुर


सम्बन्धित शीर्षकहरु

लन्डन: प्रमुख पश्चिमी राष्ट्रहरूले प्यालेस्टाइन राज्यलाई आधिकारिक मान्यता दिएमा गाजामा युद्ध अन्त्य गर्न मद्दत पुग्न सक्छ र यो हमासको लागि…

अफगानिस्तानका एक १३ वर्षीय किशोर विमानको पाङ्ग्रा राख्ने ठाउँ (विमानको पाङ्ग्रा राख्ने ठाउँ) मा लुकेर काबुलबाट दिल्ली पुगेको एक अचम्मलाग्दो…

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

प्रतिकृयाहरू
...