Saturday 15th August 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८९ औं गीत विशेष काव्य श्रृङ्खला भर्चुअल माध्यमबाट सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८९ औं गीत विशेष काव्य श्रृङ्खला यहि २०७८ माघ २६ गते अनलाइन भर्चुअल माध्यमबाट सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्व,डा. बम बहादूर थापाको प्रमुख आतिथ्यता,कलानिधि दाहालको विशिष्ट आतिथ्यता अनी चुडा निर्भिकको कुशल उद्घोषणमा ८९ औं गीत विशेष काव्य श्रृङ्खला १४ जना बरिष्ठ साहित्यकारहरुको सहभागितामा सम्पन्न भएको हो।
८९ औं श्रृङ्खलाको उपस्थित अन्य अतिथि साहित्यकारहरुमा आर्त अकुलिन,लक्ष्मी प्रसाद मिश्र,चन्द्रावती अधिकारी,उर्मिला पन्त,शारदा आचार्य,लक्ष्मी बस्याल,घनश्याम पौडेल,हरि प्रसाद चौलागाईं,वीर वहादुर लोहनी,सीता घिमिरे,लगायत १४ जना साहित्यकारहरूले आ-आफ्ना रचना गीत र खोरिया,प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममन डा.बम वहादुर थापाले नेपाल जस्तो लोक साहित्यमा धनी अरू छैन,नेपालको पश्चिममा अझै मौलिकता झल्कन्झ । खोला सुसाएको ध्वनीको पनि गीत छ ।गीत सर्व व्यापीछ गीतबाट प्रेरित भएर नै छन्दमा लागेको हो भन्नु हुँदै आमाको पोल्टो खोतल्नलाई पौरख चाहिन्छ, आमाको पोल्टो खोतल्न सके जे पनि पाइन्छ भन्ने सुन्दर गीत सुनाउनु भयो ।कलानिधि दाहालले गीत लेखन सजिलो छैन,कविता पनि गीत हो विना गीत कविता पनि लेखिंदैन भन्नु हुँदै गीत सुनाउनु भयो ।

अन्त्यमा अध्यक्ष जनार्दन अधिकारी धड्कनले खोरिया कविता हो,अनी गीत पनि हो ,दोस्रो लाइनको अनुप्रास र चौथोको अनुप्रास मिलाएर सिर्जना गरियो भने यो सुन्दर गीत बन्छ भन्नु हुँदै गीत लेखनको सैद्धान्तिक आधार स्थाइ । अन्तराको स्वरुप बारे जानकारी गराउनु भयो । साथै (खोरिया पर्वतक)को हैसयतले खोरियाको सैदान्तिक पक्ष ४ लाइनको संम्रचना ८/८/८/५ २९ अक्षरमा लेखिने लोक छन्दको कविताको उपविधा खोरियाको चिनारी दिनु हुदै गीत सुनाउनु भयो । हरेक श्रृङ्खलामा यहाहरूको अमूल्य समय पाएर कार्यक्रमले निरन्तरता र लोक प्रियता पाएको र आयोजकलाई खुशी थपिएको भन्नु हुदै सम्पूणर् उपस्थित अतिथि साहित्यकारहरूमा हार्दिक आभार व्यक्त गर्नु हुँदै समापनको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

नेपाल आदिवासी जनजाति महासंघ, कुवेतको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस तथा १२औँ वार्षिक उत्सव–२०२६ शुक्रबार, १४ अगस्ट २०२६ का दिन…

लेबनानका प्रधानमन्त्री नवाफ सलामले लेबनानी भूभागबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुने स्पष्ट समयतालिका तय गर्नुपर्ने बताएका छन्। उनले इजरायलले…

इरान युद्धपछि चिनियाँ विद्युतीय गाडीको उछाल : नेपालमा ईभी बजारको भविष्य कता ? इरान युद्ध र होर्मुज जलडमरूमध्यमा आएको अवरोधपछि…

प्रतिकृयाहरू
...