Wednesday 14th October 2026

नेतृत्व तथा भाषण कला तालिम सम्प्पन


संबृद्ध सृजनसिल महिला समाज चन्द्रागिरि-१४ ले सन्चालन गरेकाे चार दिने नेतृत्व तथा भाषण कला तालिमकाे एक समाराेह विच समापन भएकाेछ ।

समाजकी अध्यक्ष इन्द्रावती श्रेष्ठकाे सभापतित्व एबं चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरिकाे प्रमुख अातिथ्यमा भएकाे उक्त समाराेहमा सहभागिहरुलाई प्रमाण पत्र दिनु हुँदै प्रमुख अतिथि गिरिले हाम्राे पालामा सिक्ने व्यवस्था थिएन समाजले नै सिकायाे ।य हाहरुले टेक्निकल्ली प्रशिक्षण लिनु भएकाे छ । हामीले २० वर्षमा सिक्न नसकेकाे २० मिनेटमा सिक्ने स्थितिकाे विकास भएकाे छ,निस्पक्ष र पारदर्शि नभै विकास गर्न सकिदैन भन्नु भयाे ।

समाज सेवी,साहित्यकार कवि जनार्दन अधिकारी धड्कनले तालिम सिकेर मात्रै हुँदैन सिकेकाे कुरालाइ कार्यान्वयनमा उतार्न नसके बाैद्धिक स्थितिमा पनि खिया लाग्दै जान्छ भन्नु भयाे ।

साे अवसरमा चन्द्रागिरि १४ का अध्यक्ष रामहरि बस्नेत,प्रमुख प्रशिक्षक दीपक लामिछानेले तालिम सम्वन्धी मन्तव्य व्यक्त गर्नुथियाे भने प्रशिक्षार्थी सम्झना अधिकारी,र सन्जिव महर्जनले तालिमकाे अनुभव व्यक्त गर्नु भयाे।

विनु बस्नेतकाे कुशल उद्घाेषण र इन्दिरा खड्काकाे स्वागतबाट शुरु भएकाे साे समाराेह सभापति ज्यूबाट मायाकाे चिनाे प्रदान गरि धन्यवाद ज्ञापनका साथ अाैपचारिक समाप्ति भएकाे थियाे ।


सम्बन्धित शीर्षकहरु

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

प्रतिकृयाहरू
...