Friday 23rd January 2026

टहल आचार्यको गजल संग्रह – ३४


गजल

म सँग भेट्न तिम्रो राम्रो काम हुनुपर्छ ,
मुखमा नभै बगलीमा टन्न दाम हुनुपर्छ ।

रावणले हरेपछि दुनियाको दोष मेट्न ,
सीता त्याग्ने होईन साथ दिने राम हुनुपर्छ ,

स्वाभिमान स्वावलम्वन मेहनत योग्यताको ,
सन्सारमा फैलिएको किर्ती नाम हुनुपर्छ । ,

सबैमाझ हाँसीखुशी सद्भाव एकताको ,
स्वर्ग जस्तो शान्ती दिने घरै धाम हुनुपर्छ ।

आरोह अवरोह जीवनका मोडहरुमा ,
एक नास रमाईलो शुभ शाम हुनुपर्छ ।

टहल आचार्य
२०७८/१०/२५


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

प्रतिकृयाहरू
...