Monday 1st September 2025

काठमाडाैंमा सोमबारबाट सबै सवारी साधनमा जोरबिजोर प्रणाली हटाइने


काठमाडौं उपत्यकामा लगाइएको सवारी जोरबिजोर प्रणाली भोलि (सोमबार)बाट हट्ने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

कोरोनाको संक्रमण बढेपछि गत माघ ७ गतेदेखि काठमाडाैं उपत्यकामा चल्ने सवारीमा जोरबिजोर  प्रणाली लागु गरिएको थियो भने माघ १४ गते पछि सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाइएको भए पनि ट्याक्सी र निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो ।

त्यसै गरि विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी आगामी फागुन १ गतेदेखि सञ्चालन गर्ने पनि निर्णय गरिएको छ ।  १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने प्रशासनद्वारा जारी आदेशमा भनिएको छ ।

यस अघि सीसीएमसीको आज बसेको बैठकले जोरबिजोर प्रणाली खारेज गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको थियो । सीसीएमसीको बैठकले विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाहरु फागुन १ गतेबाट भौतिक उपस्थितीमा सञ्चालन गर्न पनि सिफारिस गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री नरेन्द्र मोदी चीनको तियानजिनमा आयोजना भइरहेको सांघाई सहयोग संगठन (SCO) शिखर सम्मेलनका लागि आइपुगेका छन्। यस्तो अवस्थामा, विदेश मन्त्रालयले…

एउटा अभूतपूर्व अध्ययनले सुझाव दिन्छ कि मानिस सहित सबै जीवित प्राणीहरूले - दृश्य प्रकाशको हल्का चमक दिन्छन् जुन जीवन समाप्त…

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार चीनको तियानजिनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको द्विपक्षीय भेटवार्तामा लिपुलेक दर्रा हुँदै व्यापार मार्ग खोल्ने…

प्रतिकृयाहरू
...