Saturday 28th September 2024

टुक्का साहित्य समाजकाे नियमित अभ्यासकाे सिलसिलामा तस्बिरमा आधारित टुक्का अभ्यास सम्पन्न


ताराप्रसाद चापागाईं, काठमाडाैं – टुक्का साहित्य समाजकाे नियमित अभ्यासकाे सिलसिलामा तस्बिरमा आधारित टुक्का अभ्यास सम्पन्न भएकाे छ ।

अभ्यासमा टुक्का अभियन्ता इन्दिरा देवकाेटाले प्रशिक्षककाे भूमिका निभाउनु भएकाे थियाे । उहाँले एक महिलालाई भुईँमा लडाएर माथिबाट थिचेकाे महिला हिँसाकाे तस्बिर राखेर त्यसैकाे आधारमा टुक्का सिर्जना गर्न आव्हान गर्नु भएकाे थियाे । टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट ३७ टुक्का सर्जकहरूकाे सहभागिता रहेकाे थियाे ।

अक्षर संख्या बराबर गरेर तुक् (अन्त्यानुप्रास) मिलाएर दुई हरफमा पूर्ण हुने गरि लेखिने नेपाली माैलिक प्रयाेगवादी लघुत्तम काव्यिक विधा “टुक्का” लेखनमा फरक फरक शैलीमा अभ्यास हरू सञ्चालन हुँदै आएका छन्।

अभ्यासका क्रममा सङ्कलन गरिएका तस्बिरमा आधारित टुक्काहरू

[१]
बॉच्न पाउने अघिकार त मेरो थियो
पिपासुले आज बाटो छेकी प्राण लियो ।
✍️ इन्दिरा देवकोटा
कपिलवस्तु

[२]
जन्म मृत्यु नाता उस्तै उचनिच ठान्छाैँ किन
हिँसा ठान्छाै पुरुषार्थ, मर्नु नै छ एक दिन ।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेसी ।

[३]
कानुन पुस्तकमा मात्र सिमित भएको देशमा
अपराधीहरूले जे पनि गर्दछन् छद्म भेषमा ।
✍️ गुणनिधि घिमिरे
पाँचथर ~ मोरङ हाल अमेरिका

[४]
१.
नसम्झनु नारी बस्तु अनि साग बारीको,
इज्जत सम्मान गर्नुपर्छ सदा नारीको ।
२.
नारी आमा दिदी र बहिनी हुन् सङ्गिनी,
उनी हुँदा जीवन स्वर्ग हुन्छ रङ्गिनी ।
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ ।

[५]
१.
नारीमाथी अझै पनि चल्दैछ बलात्कार ,
सधैँभरि हुन्छ किन? उनीहरूको हार।
२.
ए ! सरकार नारीलाई सुरक्षित गर ,
उनीहरूको मुहारमा अब खुसी भर ।
✍️ विक्रम तिरुवा सलिन
जुम्ला कुडारी

[६]
१•
उस्तै छन् वेदनाहरु अझै नारीका,
नदेखे झैँ गर्दछन् यी वारिपारिका।
२•
बालिकादेखि बृद्धासम्मै लुटिन्छन्,
खिलाफमा उठ्ने युवकै चुटिन्छन्।
३.
जस्ले जहाॅबाट सक्छौं आवाज उठाऔं,
त्यस्ता व्यभिचारीलाई सिमाना कटाऔं।
✍️ घनश्याम पौडेल
सृजना चोक, पोखरा ।

[७]
१.
बाहिर छन् खोक्रो नारा यातनामा हुन्छे नारी,
पिपासु चैँ लखेट्ने अनि भाषण गर्छन् भारी।
२.
सुरक्षित छैनन् अाज बुबा,दाजु, काका अाफ्नै बाट,
यस्तै गिद्धे नजर लागाउछन् अाउदा जादा हाट।
३.
अत्यचारको सिमा नाघ्दा सहि बस्नु हुन्न,
हिङ्स नदेउ नजिक बनी कसैले छुन्न।
✍️ दुर्गा अाचार्य
मोरङ

[८]
१,
जागौँ उठौँ नारीहरु मिलिजुली सबै,
रक्षा गर्ने वाला छैन सर्कारले कबै।
२,
काली बन्नु पर्छ हामी बन्नु पर्छ दुर्गा,
तब मात्र बनाईन्छ दुष्टलाई मुर्गा।
३.
नारीको इज्जत जोगाउन पुरुषको पनि हात,
उठनुहोस् अब सबै चेलीबेटी सदा हाम्रो साथ।
✍️ लक्ष्मी श्रेष्ट
बिर्तामोड झापा।

[९]
१.
नारी सबैमा भारी भन्छन् तर रहेछन् पुरुष नलाग्ने काम
जबरजस्ती गरि पुरुषार्थ हुन्न नगए हुन्छ पुण्य धाम ।
२.
इज्जत बचाउन गाह्रो नै भयो नारीलाई यहाँ
बलात्कार गर्न उद्धत छन् पिपासु पुरुष जहाँ ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास

[१०]
१.
केही पुरुष नारीलाई किन बस्तु मान्दछन्
जहिले जसरी नि उपभोग गर्ने ठान्दछन् ।
२.
नारी प्रकृति, सृष्टिकर्ता, आमा हुन्,
कसैले पनि जबर्जस्ती नगरून् ।
✍️ रचना शर्मा प्रतीक्षा
ललितपुर ।

[११]
नारी माथि गर्छाै किन अपराधी कर्म
पुरूषत्व जाेगाऊ बरू बाेकी असल धर्म।
✍️ त्रिलाेचन भण्डारी
झापा

[१२]
सबै नारी एउटै हुन्नन् जे पनि नभनौं,
बलात्कारी जोगाएर आफु ठुलो नबनौं।
✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

[१३]
१.
खुल्ला छैन अझै नारी,
हाँस्दै हिड्छ बलात्कारी।
२.
बस्छन् हेरि इज्जत लुट्दा,
अन्याय भयाे हामी फुट्दा।
३.
बोकाएर जिम्मेवारी,
के पायौ र नारी मारी।
✍️ गणेश तामाङ
धादिङ ।

[१४]
१.
दार्‍हा, नङ्ग्रा निकालेर कोपर्छ किन किन ?
यौन पिपासु तम्सिन्छ नारीको ज्यान लिन ।
२.
बाउ-बाजेको उखानै छ ‘हाने मर्छ, बोले टर्छ’
‘बेटी बचाउ अभियान’ चलाउँदै जानुपर्छ ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. -६, दोलखा

[१५]
सृष्टिको मुहानलाई किन यसरी दिनरात सताउछाै ,
लाछि कायरहरू बुद्धि बिगारेर अाफैँ सदा हराउछाेै।
✍️ लक्ष्मी घिमिरे दहाल
दमक – झापा

[१६]
१.
थिइन नारी भन्छन् सबै अलच्छिन उसै भइछन्
झुकाएकी आँखा भुईँमा शिर गरी हेरि रहिछन् ।
२.
कालो रात थियो लुटिदै आफुलाई गई सम्हाल्दै
बर्बाद जीवन सहारा नपाइ खोलामा हाम्फाल्दै ।
✍️ अम्बिका अधिकारी
विर्तामोड झापा

[१७]
१.
न नारी दोष न पुरुष उस्तो देखुँ,
उत्ताउला भएका छन् कसरी लेखुँ।
२.
विकृतिको छ सिमाना नाङ्गो ,
कि छोप्नु अाँखा कि पार्नु बाङ्गो ।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

[१८]
नारीको पनि त इश्वरको पाला देखि सम्मान थियो है जान
महिलालाई पिडा दिएर कहिले पनि समस्यामा न तान ।
✍️ पवन कुमार बुढाथाेकी
काठमाडाैँ ।

[१९]
१.
हातजोडी नारी भन्दछिन् त्यो दुष्ट अधम पिपासु लाई ,
किन मान्थ्यो उ अपराधी थियो लुट्यो इज्जत उसलाई ।
२.
लाज,पाप,इज्जत केही पनि हुदैन उसलाई ,
कानुनले पनि छुदैन यस्ता पिपासु दुष्टलाई ।
✍️ बेदु न्यौपाने
काठमाडौ ।

[२०]
१.
हत्या हिँसा बलात्कार सहिसाध्य छैन ,
नारी जाति कमजोर भई बस्ने हैन ।
२.
नारीमाथि गिद्धे नजर लगाई हेरे भने ,
निरीह भै नराेऊ नारी चण्डी काली बने ।
✍️ रामकृष्ण दुवाडी
पाेखरा ।

[२१]
हत्या, हिंसा, बलात्कारकाे सधै जसो नारी हुन्छिन् सिकार ,
सरकारको कहिले ध्यान गएन यिनलाई धिक्कार ।
✍️ बुद्धिमान चौधरी
कनकाई नगरपालिका ४ झापा

[२२]
१.
स्वतन्त्रमा बाँच्ने आधार छैन जस्तो गरि
जानुपर्ने रैछ मैले अकालमा नै मरि ।
२.
घरबाटै असुरक्षित महसुस गरियो
बिस्वास गरि नजिक हुँदा जालमा परियो।
३.
सुरक्षित भई बाँच्ने कहिले आउँछ दिन
यहाँ नारीको स्वतन्त्रता कोही बुझ्दैनन् किन।
✍️ ललिता अभागी
सुनकोशी-५ सिन्धुली

[२३]
१.
त्यसरी मिठो प्रलोभनमा फकाइ
आज पनि बलजफतमा मलाई।
२.
एउटा कोठाको शून्यता भित्र
टाँगिएकी थिए अश्लिल चित्र।
३.
शिथिल भयो शरिर गर्दै हारगुहार
आक्रोस पिपासु को बज्रपात बारम्बार।
✍️ जिकुमार गौतम
भद्रपुर -१ पृथिविनगर झापा

[२४]
१.
यस्ता तस्विरले नकारात्मक सूचना दिन्छ,
दुष्कर्म पछि सोझी चेलीको ज्यान पनि लिन्छ।
२.
तस्विर हेरेर हतास नहुनु मेरी चेली,
आइ परे त्यस्ताको हत्या गरिदिनु चमेली।
✍️ अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।

[२५]
१.
किन यति लाचारिपन पुरुष हुँदैछौ
आमाको रगतको नरसंहार धुँदैछौ ।
२.
यौन पिपासुमा लठ्ठिए तिम्रा नयन
अझै किन मौन चेली नबोली भएन ।
३.
कति बस्ने डरमा चेली गइन काममा नआउँदा घरमा
किन लुटिन्छिन उनी बारबार चल्छ देश उनकै भरमा।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक

[२६]

नारी नै हुन् ममतामही आमा ,
सम्मान गराैं सबले हे रामा ।

नर-नारी समाजका साझा फुलबारी ,
नारी माथि कुभाव राख्ने त्याे अत्याचारी ।
३.
बालिका माथि दिन दिनै हुन्छ अत्याचर र बलात्कार ,
प्रमाण नष्ट पारि भाग्छ बलात्कारी भेट्दैन सरकार ।
✍️ प्रद्युम्न चालिसे
कटुञ्जे, भक्तपुर

[२७]
१.
आधा अङ्ग ठानीएकाे लाेग्ने मान्छे थियाे ,
घाँटी च्यापी श्रीमतीको उल्टै ज्यान लियो ।
२.
नारीमाथि प्रहार हुने पुरुषवादी साेला ,
भनिदेऊ न हामीलाई कहिले अन्त्य हाेला ?
३.
स्वामी भन्थे तिमीलाई आँखा नानी थियाैे,
दाइजोकाे लालचाले उल्टै ज्यान लियाै ।
✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७,उपल्लो गाेहाेरे,गाेरखा।

[२८]
१.
बगैँचाका सुन्दर फूल आँखा लाउने भए
सर्वनाश भयो प्रभु जरा नै उखेली गए।
२.
फुल्न छोडे सुन्दर फूल काडा मात्र नै देखेँ
दया लाग्यो अनि मुटु पोल्यो दुई टुक्का लेखेँ।
✍️ धनुष न्यौपाने
गुठीचौर गाउँपालिका ० ४, बिगारे जुम्ला

[२९]
१.
आमा हुन पृथ्वी यसै धरातलकी जानेर लेउ अब
पुरुषत्वको खोल ओढेर धरामा हिड्नेहरू हो सब।
२.
नारीमाथि पटकपटक किन हुन्छ प्रहार
भन्देउ पुरुष हो कहिले पाइन्छ अधिकार ।
३.
सुरक्षित भई बाँच्न हो नारीले कहिले
पिपासुहरुका पन्जामा परिन्छ जहिले ।
✍️ दुर्गा भट्टराई
मोरङ

[३०]
१.
नारी माथी किन अन्याय हुन्छ अत्याचार
सुरक्षित हुदैन कहिँ हुन्छन बलात्कार ।
२.
पाउछौ कहिले नारीले यहाँ अधिकार
नारी पुरुष हुन्न बराबर व्यबहार ।
✍️ तारा घिमिरे
संखुवासभा

[३१]

नारी माथिको अत्याचार,
नहेरी बस्छ सरकार ।

नारीलाई गरौँ सम्मान अपार,
बलात्कार गर्ने हाम्राे छैन् संस्कार ।
✍️भगवती दवाडी
झापा ।

[३२]
१.
संसार भरीकै स्वाभिमानी नारी,
छोरी बुहारी र आमा महातारी।
२.
महिलाहरू बिनाको सृष्टि कहाँ भयो,
यत्ति बुझ्न नसक्ने विवेक कता गयो।
✍️ सुरेशकुमार पान्डे दाङ
घोराही१८

[३३]
१,
कति अदम्य शक्ति छ नारीमा,
नानी पिठ्युँमा राखेर बारीमा।
२,
पीडा पचाउन सक्ने अद्भुत शक्ति,
नारी भित्रको गुण परिवार भक्ती।
✍️ चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके

[३४]
लिएर जन्मिन्छन् यस धर्तिमा बोकि स्वाभाव मानवको
हुर्काइ बढाइ गर्यो देखाउँछन् व्यबहार दानवको ।
✍️ अनुग्रह राना मगर

[३५]
१.
चुलो चौका देखि बन पाखा नारी
जहाँ गए पनि किन हुन्छ भारी।
२.
पुरुष हुँ भन्न पनि लाज लाग्छ
आफैं देखि आफैँलाई घृणा जाग्छ।
✍️ राम रावल सागर
कैलाली ।

[३६]

किन हुन्छ दिनहुँ नारी माथि अत्याचार,
देखेर पनि~ नदेखे झैँ गर्छ सरकार।
२.
हरेक नारिले आफ्नो आफ्नो मनका कथा लेखेँ,
दिन रात अत्याचार भएको मैले धेरै देखेँ।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल

[३७]
नारी हिँसा कहिले सम्म हुन्छ आखिर,
हरेक दिन रात मलाई लाग्छ पिर।
✍️ नवीन जोशी
प्रदेस ७ कैलाली

>> जय टुक्का! जय साहित्य!! <<<


सम्बन्धित शीर्षकहरु

“स्वार्थ भन्दा माथि सेवा यहि नै बुद्ध भुमि / शान्ति भुमि प्रतिको टेवा ” भन्ने नारालाई आत्मसात गर्दै, रोजगारीको शिलशिलामा…

कुवेतको प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले देशका सबै आउटलेटहरूमा आफ्नो उच्च प्रत्याशित 'लुलु वर्ल्ड फूड' प्रवर्द्धन सुरु गरेको छ। 25…

भारी वर्षाका कारण मुम्बईको अवस्था खराब छ । भारतको आर्थिक राजधानी भनेर चिनिने मुम्बई र आसपासका क्षेत्रमा बुधबार भारी वर्षा…

प्रतिकृयाहरू
...