Tuesday 10th March 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८७ औं मुक्तक विशेष श्रृङ्खला सम्पन्न


नारायण कोइराला – चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८७ औं मुक्तक विशेष श्रृङ्खला यहि १२ माघ २०७८ बुधबारको दिन भव्य रूपमा सम्पन्न भएको छ ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा, वरिष्ठ साहित्यकार डा.देवी पन्थीको प्रमुख आतिथ्यमा, कलानिधि दाहालको विशिष्ट आतिथ्यतामा अनी सुधा बास्कोटा ढकालको कुशल उद्घोषणमा ८७ औं मुक्तक विशेष काव्य श्रृङ्खला २३ जना मुक्तककारहरुको सहभागितामा सम्पन्न भयो ।

आजको उपस्थित अन्य अतिथिहरूमा पूर्ण पन्त, लक्ष्मी प्रसाद मिश्र, प्रकाश चन्द्र पोखरेल, उर्मिला पन्त, शुरेश घिमिरे, वीर वहादुर लाहनी, बिनु बाबा घिमिरे, घनश्याम पौडेल, रस्मी रिमाल, टेक वहादुर लौडारि, शारदा पराजुली, सीता घिमिरे, सरस्वती श्रेष्ठ, जानुका थापा, घनश्याम पौडेल, यज्ञ सुवेदी, कल्पना देवकोटा, द्वारिका कुइकेल, लगायत २४ जना साहित्यकारहरूले आ-आफ्ना मुक्तक र खोरिया प्रस्तुत गर्नु भइ सम्पन्न गरिएको थियो ।

प्रमुख अतिथि डा देवी पन्थी ज्यूले अहिले सम्म साहित्य बजारमा विदेशवाट आयातीत लेख्दै आयौ यो समय नेपालकै आफ्नो उत्पादन विदेशमा जाने चारू रागविराग, खोरिया, अन्य नया विधा विदेश जाने खालका देखिएका छन् । गजललाई गजल हुन ३०० वर्ष लागेको थियो। हामी मुक्तक लेख्छौ तर अनुप्रास मिलाउन कम्जोर छौं । तुकान्त र अनुप्रास दोहरीन हुँदैन भन्नु हुँदै मुक्तक लेखनका आधारको चर्चा गर्नु भयो कलानिधि दाहालले हरेक श्रृङ्खलामा नया स्रष्ठा जोडिनु चन्द्रागिरिको लोक प्रियता हो भन्नु हुँदै सुन्दर मुक्तक सुनाउनु भयो ।

अन्त्यमा अध्यक्ष जनार्दन अधिकारी धड्कनले सभापतिको आशन साथै (खोरिया पर्वतक)को हैसयतले खोरियाको सैदान्तिक पक्ष ४ लाइनको संरचना ८/८/८/५ २९ अक्षरमा लेखिने लोक छन्दको कविताको उपविधा खोरियाको चिनारी दिनु हुदै २ खोरिया र मुक्तक सुनाउनु भयो । हरेक श्रृङ्खलामा अमूल्य समय दिएर यहाँहरु जोडिनु भएकोले कार्यक्रमको निरन्तरता र लोक प्रियताको खुशी आयोजकलाइ थपिएको भन्नु हुदै प्रमुख आमन्त्रित लगायत सम्पूर्ण अतिथि साहित्यकारहरूमा हार्दिक कृतज्ञता,आभार व्यक्त गर्नु हुँदै समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...