Wednesday 14th October 2026

झ्याउरे छन्दमा कविता -गुणनिधि घिमिरे


डाँडाकाँडा पहाड , तराई र हिमाल
लेक बेँशी मैदान , हाम्रो देश नेपाल।।

चुलाचुली अप्ठ्यारा , उकाला र ओराला
भञ्ज्याङ र चौतारी , गाउँ फाँट भिराला ।२।

रातो लाली गुराँस , कोईली र मुनाल
बिश्व भरि सुन्दर , देश राम्रो नेपाल ।३।

मेची कोशी कर्णाली , सेती र महाकाली
गण्डकी र त्रीशुली , सप्तकोशी कैलाली ।४।

कञ्चनजङ्घा हिमाल , कुम्भकर्ण विशाल
अग्लो सगरमाथा , धौलागिरी मकालु ।।५।।

दक्षिणमा भारत , उत्तरमा हिमाल
बिश्व भरि सुन्दर ,देश हाम्रो नेपाल ।। ६ ।।

-गुणनिधि घिमिरे #पाँचथर #मोरंग


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...