Wednesday 14th October 2026

सुधा बासकाेटा ढकालका केही षड्ऋतुहरू


षडऋतुहरु

मनकाे बिचार
बुझ सत्य सार
नभनेर भाेली
सुन कान खाेली
सुख शान्ति खाेज
सत मार्ग राेज

छ मनुष्य चाेला
नगराैं अबेला
नहुँदा त ज्ञान
अति कष्ट जान
लिन ज्ञान झाेली
सुन कान खाेली

उठ लाै सबेरै
गर कर्म धेरै
बाेल सत्य सधैं
ब्यबहार सबै
याेग ध्यान गर
जीवन सपार

हरी नाम गाएँ
असाध्यै रमाएँ !
भराेसा छ तिम्रै
र पीडा बताए
थिएँ लाै अकेलाे
प्रभाे मै हराएँ !

म चाहन्न ज्यादा
यसैमा रमाऊँ
छ जे साथमा नै
सदा काल पाऊँ
बिधाता भराेसा
तिमी मै छ अाशा

सुधा बासकाेटा ढकाल
काठमाण्डु


सम्बन्धित शीर्षकहरु

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

प्रतिकृयाहरू
...