Friday 23rd January 2026

सुधा बासकाेटा ढकालका केही षड्ऋतुहरू


षडऋतुहरु

मनकाे बिचार
बुझ सत्य सार
नभनेर भाेली
सुन कान खाेली
सुख शान्ति खाेज
सत मार्ग राेज

छ मनुष्य चाेला
नगराैं अबेला
नहुँदा त ज्ञान
अति कष्ट जान
लिन ज्ञान झाेली
सुन कान खाेली

उठ लाै सबेरै
गर कर्म धेरै
बाेल सत्य सधैं
ब्यबहार सबै
याेग ध्यान गर
जीवन सपार

हरी नाम गाएँ
असाध्यै रमाएँ !
भराेसा छ तिम्रै
र पीडा बताए
थिएँ लाै अकेलाे
प्रभाे मै हराएँ !

म चाहन्न ज्यादा
यसैमा रमाऊँ
छ जे साथमा नै
सदा काल पाऊँ
बिधाता भराेसा
तिमी मै छ अाशा

सुधा बासकाेटा ढकाल
काठमाण्डु


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

प्रतिकृयाहरू
...