Tuesday 30th June 2026

ज्ञान विज्ञान(कविता) -गुणनिधि घिमिरे


प्रसङ्ग-विकृति विसङ्गति
—————————————————–

मान्छे मान्छे भित्र राम्रो सद्भाव जगाउन
सत्यताको पक्ष लिउँ भेदभाव हटाउन ।१।

सत्यताले अज्ञानता चाँडै हट्दछ
अज्ञानता हटेपछि भेदभाव हट्दछ ।२।

भेदभाव हटाउन लाई सत्यताको खाँचो
सत्यतामा लागे पछि खुल्छ ज्ञानको साँचो ।३।

जब ज्ञान प्राप्त हुन्छ विज्ञान जन्मिने हो
विज्ञानले मान्छे साँच्चै मान्छे बनिने हो ।४।

ज्ञानी मान्छे सबै ठाउँमा पूजनीय हुन्छ
विशुद्ध ज्ञान प्राप्त भई सर्वमान्य बन्छ ।५।

भेदभाव हटाउनलाई सत्य बाटो खोजौँ
समानताको विगुल फूकी अशल बाटो रोजौँ ।६।

मान्छे मान्छे भित्र कति खिचातानी गर्नु
एकदिन ता हामी सबै पर्छ निश्चित मनु ।७।

जात पातमा छुवाछुत नहटाए सम्म
अज्ञानले थिची राख्छ हामीलाई टम्म ।८।

अन्धविश्वास कुरिती र कुसंस्कार त्यागौं
हामी सबै सत्यता र यथार्थमा लागौँ । ९।

रुढिवादी थोत्रा नियम सबै मास्नु पर्छ
सबै मान्छे स्वतन्त्र भै यहाँ बाँच्नु पर्छ ।१०।

मान्छेले नै मान्छेलाई कजाउने बानी
धेरै लामो टिक्ने छैन बुझी राख नानी ।११।

सबै सत्य बाटो लागौँ भेदभाव हट्छ
अज्ञानता नाश भई छुवाछुत घट्छ ।१२।

राम्रो हुन्न मान्छेले नै मान्छेलाई हेप्दा
घमण्डी र मुर्ख भई कुरितीलाई चेप्दा ।१३।

ज्ञान विज्ञान जन्माएर विभेद नष्ट पारौँ
दिमागबाट अज्ञानी यो विकृतिलाई मारौँ ।१४।

सुन्दर संसार सृष्टी हुन्छ विभेद नष्ट भए
पिछडिन्छौँ कुरितीमै हामी अल्झी रहे ।१५ ।

भेदभाव मुक्त समाज निर्माण गर्नलाई
विकृति र विसंगति हटाउँ दाजुभाई ।१६।

आमा बुवा दाजुभाई दिदीबहिनी लागौँ
सत्यताको बाटो समाई मुक्ति हुन जागौँ ।१७।

-गुणनिधि घिमिरे, पाँचथर, मोरङ
हाल :- अमेरिका


सम्बन्धित शीर्षकहरु

१५ असारः प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको…

कराची मा शनिबार राति भएको आक्रमणपछि पाकिस्तानी रेंजर्सको सिंध क्याम्पमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (ISPR)…

अर्थमन्त्री  स्वर्णिम वाग्ले ले भारत र चीनबाट प्राप्त हुने द्विपक्षीय ऋण World Bank र Asian Development Bank (एडीबी) को सहुलियतपूर्ण…

प्रतिकृयाहरू
...