Monday 27th October 2025

कतारले नेपाल सहित ५७ देशलाइ रातो सूचीमा राख्यो


तीतोपाटी, काठमाडौं – कोरोना र यसको नयाँ भेरिएन्ट ओमिक्रोनका संक्रमितको संख्या बढे पछि कतारले नेपाल सहित ५७ देशलाइ रातो सूचीमा राखेको छ ।

कतारको जनस्वास्थ्य मन्त्रालयले नेपाल लगायत भारत, इजिप्ट, बंगलादेश, बोत्सवाना, लेसोथो, नामिबिया, पाकिस्तान र जिम्बाब्वेलाइ असाधारण रातो सूचीमा राखेको छ ।

त्यसै गरि टर्की, बेलायत र संयुक्त राज्य अमेरिका पनि हरियो सूचीबाट रातो सूचीमा परेको खरबटाइम्सले जनाएको छ ।
कतार भित्रिने यात्रुहरूका लागि परिवर्तित सुची अनुसारको कोरोना नियन्त्रण मापदण्ड जनवरी ८, शनिवार वेलुकी ७ वजेबाट लागू हुनेछ ।
रातो सूचीमा सूचीकृत देशहरूबाट कतार जाने यात्रुहरूले कतार पुग्नुभन्दा ७२ घण्टा अघि पीसीआर परीक्षण गर्नु पर्नेछ । उनीहरूले कतार पुगेपछि २ दिनसम्म होटल क्वारेन्टिनमा बस्नु पर्ने छ ।

कोरोना बिरूद्वको खोप नलगाएका यात्रुहरूले कतारमा जान पाउने छैनन् ।


सम्बन्धित शीर्षकहरु

छठ पूजाका लागि जिल्लाको भद्रपुर, कनकाई, मेचीनगर, दमक क्षेत्रका दर्जनौँ नदीका घाट सजाउने कार्य भएको छ । छठका बर्तालुहरूले सजाइएका…

तितोपाटी- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानामा पर्ने झारमारेमा यात्रुबाहक जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ…

तितोपाटी - पाल्पा स्थित कालीगण्डकी करिडोर सडक खण्डमा मोटर साइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तिन…

प्रतिकृयाहरू
...